गजल : By, आरके थापा



उनको त्यो चोखो माया,पाउन सकिन ।।
पछी पछी लागेर नि,धाउन सकिन ।।

हजारौ ति आशा बोकि,प्रतिक्षमै रहेँ,
चाहिदैन भन्दै छोडि,आउन सकिन ।।

उनी बिच जे-जस्तो भो,सहेरनै बसेँ,
उ बाहेक अन्तै माया,लाउन सकिन ।।

ओइरियो निरन्तर,सधै दु:ख पिडा,
यो मनमा हासोँ खुशी,छाउन सकिन ।।

थुप्रै ति रंगमन्चमा,उपस्थित भएँ,
खुलेर हर्षले गित,गाउन सकिन ।।

उनको त्यो चोखो माया,पाउन सकिन ।।
पछी पछी लागेर नि,धाउन सकिन ।।

आरके थापा
बोच-दोलखा
हाल साउदी अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com