इज़रायल फागुन २५,
नारी भन्ने बित्तिकै सृष्टि कर्ता,देबीको रुप ,धर्ति भनेर बुझ्ने गर्छौ जुन नारी बिभिन्न नातामा बाधिएकि हुन्छिन ,हजुरआमा , आमा ,श्रीमती ,दिदी ,बहिनी ,भाउजु ,बुहारी ,नन्द ,आमज्यु , देवरानी ,जेठानी ,छोरी ,नातिनी र सौता यो नाताहरुमा एउटी नारीको भूमिका हुन्छ ।
मैले आज १०२ औ नारिदिबस अबसरमा सानो विचार लेख्दा संसारका बिकसित मुलुक तिर नफर्की आफ्नै नेपालको गाउघर तिर लम्किएको छु ,असल नारीले सानो झुपडीलाई स्वर्ग बनाएकी हुन्छिन,दाउरा घास, मेलापात , घर चलाउने देखी डाक्टर ,इन्जिनियर , सैनिक सेवा सम्म नारी हरु संलग्न छन् ,दश वर्ष यता नारी हरु आफ्नो परिवारको उज्जल भविष्यको लागि बैदेशिक रोजगारका लागि विश्वको विभिन्न देशहरुमा जानेगरेका छन् ,आफ्नो परिवारको खुसि नै आफ्नो खुसि मान्ने गर्छन ।
यति गर्दा गर्दै पनि हाम्रो समाजले नारीलाई दोस्रो दर्जाको मानब को रुपमा लिएको छ ,छोरी जन्मिने बितिकै नाक खुम्च्याउदै ए छोरी पो पाइछ ?भन्दै मुन्टो बटार्ने , छोरा जन्मना साथ हर्शोउल्लस मनाउने र अंशको धनि बनाउने गरेको सबैलाई थाहा भएकै कुरा हो । छोरीले जन्म लिदा देखिनै म त छोरी मैले ठुलो स्वर बोल्न हुन्न रमाइलो ठाउमा जान हुन्न घर आउन ढिला भए कुरा काट्छंरे, भन्ने र हारेको कर्म लियर छोरीको जन्म लिएर आए भन्दै आफुलाई कम्जोर बनाउदै कुनै पनि काम ढुक्क भएर अगाडी बढ्ने बाताबरण नपाउने त्यो ठाउँ हाम्रो नेपालको गाउघर त्यहाँ पनि आज नारी दिबश आयो होला त ?
यो अन्तर्राष्ट्रिय नारी दिबश, नारी हरुको हकहितको लागि भन्दै खोलियका संग संस्थामा आबद्द भएका नारी हरु र नेताका श्रीमती हरु सुकिला साडी लगाउने बिदेशी देखासिकी गर्ने नारी हरुले मात्र मनाउने दिबश हो त ? संविधानमा महिला हिंसालाई दण्डनीय अपराधका रूपमा परिभाषित गरी आधारभूत मानब आधिकार को ग्यारेन्टी गरियको भए पनि आज नेपाली नारीहरुले भोगी रहनु परेको बेचबिखन हत्या हिंशा ,बलात्कार जस्ता घृणित हर्कत बाट पिडित हुनुपरेको छ । यस्ता निच काम गर्नेहरु लाइ कडा कारबाही गरेर पिडितलाई न्याय दिलाई दिए त्यो नारी दिबस हुन्थियो कि ?
नारी दिबश सबैको मुखमा जपिरहेकै बेला एउटा कुराले झस्काई रहन्छ ,आफुलाई समाज सेबी महिला हक हितको लागि समर्पित हु भन्ने केहि अगुवा नारी हरुलाई देख्दा हासो पनि उठ्छ । बाहिर दिनभरी भाषण छाट्दै महिला अधिकार भन्दै घरमा काम गर्ने एउटा अबला नारीलाई नै राख्छन थोरै जेलामा धेरै काम लगाउछ्न । नेपालमा नारिहरुको बेच बिखन गर्नुमा पुरुष कै दाजोमा नारी हरु पनि उतिनै सक्रिय छन् ।
घर, समाज, देश सबै तिर नारी बाटनै नारी शोषण मा परेको देख्छु कुनै नारी अगाडी बढ्न चाहन्छिन भने पुरुष भन्दा नारिलेनै खुट्टा तानेको देख्छु । यस्तो नभएर,एउटा घरमा सासुले बुहारीलाई ,बुहारीले सासूलाई माया गरे त्यो घर कति रमाइलो हुन्छ, देउरानी, जेठानी एकजुट भए छर छिमेकी ले हेप्न सक्दैनन् । उटा नारी अर्को नारीको सौता नबन्दिए त्यो जोडी जिन्दगि भरि एकसाथ रहन्थे ,नारि हरुले आफ्नो जिमेवारी लाइ सकारात्मक सोचका साथ बिबेकशिल भएर एकजुट भए नारीको एकता संग समाजका जुनसुकै मैहू भन्ने हरुले पनि हार खान्थे ।
नारी हरुको यस्तो अबश्था आउनुमा शिक्षा र अवसरको कमि हो ,शिक्षित नारी हरुले अवसर र अशिक्षित नारी हरुले शिक्षा पाउने हो भने नेपाली नारी हरुले देशलाई दलाल हरुको हात बाट मुक्त पारेर सुन्दर शान्ति क्षेत्र नेपाल खडा गर्थे । आज जसरि बिकसित मुलुकका नारीहरु आफु नारी हुनुमा गर्ब गर्छन, त्यस्तै हामी पनि हारेको जुनी होइन जितेको जुनी सम्झदै ढुक्क हुन पाउने थियौ ।
अन्तमा ,हामीले नारी दिबश मनाउने हो भने, एक् नारीले अर्को नारीको भावनामा खेलबाड नगरौ, सबै लाइ आफु सरह ठानेर आफ्नो ठाउँ बाट सहयोग गरौ ,एकले अर्को नारीको दुख पीडालाई आफ्नो दुख सम्झेर सहयोग गर्ने गरौ ,जहाँ छौ संस्कारी नेपाली नारी भएर बाचौ ।
हुनत नेपाली नारी संसारकै संस्कारी नारी हुन् भन्दा फरक पर्दैन विश्वको जुन कुनामा रहेपनि आफ्नो संस्कार आफ्नो पन भुलेको हुदैनन् तै पनि आज अन्तराष्ट्रिय नारी दिबश को अबसरमा हामी नारी हरु एकजुट भई पिडित महिला हरुको हक हितको लागि आवाज उठाउदै न्यायको लागि अगाडी बढौ भन्दै सम्पूर्ण आमा दिदी बहिनि हरुमा नारी दिबशको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
काठमाण्डौ, हाल इज़रायल