गेस्ट हाउसमा एक युवती मृत अवस्थामा

चितवन, फागुन २५,

नारायणगढस्थित कैलास गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन। श्रीमानसँगै आएकी युवती गएराति गेस्ट हाउसको कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

एक वर्षअघि विवाह गरेका नवलपरासीको कावासोती-२ धोवादीका प्रकाश थापाकी १८ वर्षीया श्रीमती दीपा उनीहरू बस्नका लागि बुकिङ गरेको कोठामा नै मृत फेला परेकी हुन्।

नेपाली सेनाका जवान २२ वर्षीय प्रकाशले हिजो साँझ गेष्ट हाउसमा कोठा बुक गरी श्रीमतीलाई कोठामा नै छोडी केहीबेर आफू बाहिर गएको र राति साढे १० बजे कोठामा फकिर्दा पासो लगाएर झुण्डिएको अवस्थामा दिपालाई देखेको प्रहरीसमक्ष बयान दिएका छन्।

पासोबाट फुकाएर अस्पताल पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको श्रीमान प्रकाशको भनाइ छ। शवको प्रकृति हेर्दा घाँटीमा केही दाग देखिए पनि सो हत्या वा आत्महत्या के हो खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com