दिल्लीमा भएको सामुहिक बलात्कार आरोपीले गरे आत्माहत्या

नयाँदिल्ली, फाल्गुन २८ ,


दिल्लीमा सामूहिक बलात्कार प्रकरण...



डिसेम्बर १६ मा दिल्लीमा भएको सामूहिक बलात्कार का मुख्य आरोपीले भारतको तिहार जेलमा आज आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मुख्य आरोपी राम सिंहले बिहान ५ बजे झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनको शवलाई पोष्टपार्टमको लागि अस्पताल लगिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुडिरहेको बसमा २३ बर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा सिंहसहित अन्य ५ जना पक्राउ परेका थिए ।

पक्राउ परेकामध्ये एक जना उनका भाई हुन् । सिंह बसका चालक हुन् । बलात्कृत किशोरीको डिसेम्बर २९ मा सिंगापुरको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । बलात्कार आरोपीहरुको मुद्दा अदालतमा विचाराधीन छ ।

अन्य आरोपीसँग एकै कोठामा रहेको सिहं बिहान ५ बजे आफ्नो लुगाले झ्यालको डण्डीमा झुण्डिएको अवस्थामा फेला परेका थिए । जेल प्रशासनले आत्महत्याबारे थप अनुसन्धान अगाडी बढाइसकेको जनाएको छ । उनीसँगै उक्त बलात्कार घटनाका ५ आरोपी सोही कोठामा थिए । यो पनि पढ्नुहोस् : बसभित्रै सामूहिक बलात्कार. एजेन्सी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com