कानपुर फाल्गुन २८ ,
भारतको उत्तरप्रदेश, कानपुर प्रहरीले सहरका विभिन्न क्षेत्रमा छापा मारेर अन्तर्राष्ट्रिय सेक्स र्याकेटको खुलासा गरेको छ । यो कारबाहीमा टर्कीसहित १२ मुलुकका यौन-व्यवसायी पक्राउ परेका छन् ।
उनीहरूसँग ३ लाख भारतीय रुपैयाँ, जग्गाको कागजात र केही आपत्तिजनक सामग्री फेला परेको छ ।
यो उच्च स्तरीय यौन-व्यवसाय प्रकरणमा भारतको सयभन्दा बढी प्रतिष्ठित व्यापारीको नाम जोडिएको छ । एक स्टिंग अपरेसन अनुरूप नक्कली ग्राहक बनेर प्रहरीले यौन-गृहहरूमा छापा मारेको
थियो ।
मध्यस्थकर्तामार्फत यो सम्पूर्ण कारोबार सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयबासीलाई शंका हुन नदिनलाई यौन-गृहका सञ्चालकहरूले यौनकर्मी महिलाहरूलाई सुविधासम्पन्न फ्ल्याटमा राखेका थिए ।
ग्राहक, दलाल र यौनकर्मीबीच सम्पूर्ण डिल कारभित्रै हुने हुनाले स्थानीयलाई यसबारे जानकारी नभएको प्रहरीले जनाएको छ । विदेशी महिलासँग आवातजावत गर्ने पुरुषलाई उनीहरूको श्रीमान् वा केटा साथी ठान्ने गरेको स्थानीयले बताएका छन् ।एजेन्सीहरू;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै