भर्जिनिया ,अमेरिका फागुन २८,
अमेरिका ,म्यारिल्याण्ड ,मार्च १० तारिख पशुपति बुद्ध मन्दिरमा शिव रात्री धुमधाम साथ मनाईएको छ । वाशिंगटन डिसी महानगर क्षेत्र वरीपरि बसोबास गर्ने श्रदालु तथा भक्तजनहरुको ठुलो घुईचो लागेको थियो । शुपति बुद्ध मन्दिरले नेपाली चाड पर्व र धार्मिक कार्यक्रम निरन्तर रुपमा गर्दै आई रहेको छ ।
श्रदालु तथा भक्तजनहरुको आग्रह र अभिरुचि अनुसार कार्यक्रममा पचाम्रित ,महा आशन ,रुद्री अभिषेक र आरति पनि गरिएको थियो । श्रदालु भक्तजनहरुको लागि प्रसाद र रात्री भोजनको व्यवस्था सुन्दर /सबिरा राज भण्डारी तथा किरण पन्त (काठमाडौँ भान्सा घर )ले प्रायोजन गर्नु भएको थियो ।
म्यारिल्याण्ड राज्यको वेल्स भिलमा ९.४ एकड जमिन एक घर सहित नेपाल शैक्षिक तथा सामुदायिक केन्द्र(एन ई सी सी ) ले २००८ मा खरिद गरेको थियो । सोहि ठाउमा उक्त पशुपति बुद्ध मन्दिर स्थापित गरिएको छ । गत जनवरी २५ तारिखमा पशुपति बुद्ध मन्दिरले आफ्नो पूर्ण स्वामित्व प्राप्त गरेको छ । हाल सम्पूर्ण सम्पत्ति यहि मन्दिरको नाममा रहेको छ ।
यो परियोजना नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्रको हो भने सामुदायिक भवनमा बिभिन्न सामुदायिक नेपाली सामुदायिक कार्यक्रमहरु गरिन्छ। पशुपति बुद्ध मन्दिरका पण्डित श्रीधर ज्ञवाली हुन् । श्रदालु भक्तजनहरुलाई भक्तिपूर्वक महा शिवरात्रि हर्सोउल्लास साथ नेपाल जस्तै गरि मनाए ।
विजय थापा
भर्जिनिया ,अमेरिका