सौगातलाई 'लुट' को सफलताले स्टार

काठमान्डू  चैत्र ५,

अघिल्लो वर्षसम्म एउटा रंगकर्मीका रूपमा मात्र परिचय बनाएका सौगात मल्ललाई चलचित्र 'लुट' को सफलताले स्टार बनायो। लुटपछिका एक वर्ष सौगातले फुर्सदमा बस्न पाएका छैनन्।

चलचित्रमा अभिनय गर्नुअघि कथा तथा स्त्रिmप्टमा विशेष ध्यान दिने सौगातका यतिबेला आधा दर्जन चलचित्र प्रदर्शनको क्रममा छन्। 'लुट' पछि उनले अभिनय गरेका हाइवे तथा सुनगाभा प्रदर्श्ान भैसकेका छन्।

भर्खरै उनको नयाँ चलचित्र 'छड्के' प्रदर्शन भयो, जसमा उनी बिल्कुलै पृथक् भूमिकामा प्रस्तुत भएका छन्। छड्केपछि प्रदर्शन हुने राम्रा भनिएका अधिकांश चलचित्रमा सौगात नै मुख्य भूमिका छन्। तीमध्ये बधशाला, कथा तथा उमा प्रदर्शनका लागि तयार छन् भने उनी नयाँ चलचित्र 'फिटकिरी' को छायांकनमा व्यस्त छन्।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com