डेरा नपाएपछि ८ दलित विद्यार्थी गोठमै बसेर परीक्षा दिन बाध्य


सिन्धुपाल्चोक, चैत २,

ङेम्लिङ लामा/ उज्यालो : सिन्धुपाल्चोकमा ८ जना दलित विद्यार्थीले डेरा नपाएपछि गोठमा बसेर एसएलसी परीक्षा दिन बाध्य भएका छन् ।

सिन्धुपाल्चोकको भोटसिपामा रहेको चण्डेश्वरी उच्च मावि परीक्षा केन्द्रमा एसएलसी परीक्षा दिन गएका ८ जना विद्यार्थीले दलित भएकै कारण डेरा नपाएका हुन् ।

राजेश्वरी उमाविका अनिश, कविता, चन्चली, धनबहादुर, मानबहादुर, संगीता, मञ्जु विकले दलित भएकै कारण डेरा नपाएका हुन् । भोटसिपाका उपल्लो जातिका मानिने स्थानीय बासिन्दाले कोठा नदिएपछि उनीहरु विद्यालय नजिकैको गोठमा बसेर एसएलसी परीक्षा दिन बाध्य भएको सिपापोखरेका डुमबहादुर विकले बताउनु भयो ।

एसएलसी परीक्षा दिन गएका दलित समुदायका विद्यार्थीलाई स्थानीय शिक्षकले समेत बस्न दिएका छैनन् । छुवाछुत गर्नेलाइ कानूनमा दण्ड जरिवानाको व्यवस्था छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com