दोहा फागुन १९,
दीपक पौडेल : दोहा कतार भलिबल एशोसियसनद्धारा आयोजित ‘भलिवल ओपन
लिग’ अन्तर्गत गत शुक्रवारको खेलमा नेपालले प्रतियोगितामा दर्शकको अर्को
मनपर्दो टोली फिलिपिन्समाथि २–० को सहज विजय हासिल गरेको छ ।
प्रतिस्पर्धात्मक खेलमा फिलिपिन्सलाई पन्छाउने क्रममा नेपालले २५–१
९ र २५–२३ को स्वादिलो नतिजा निकाल्यो । प्रतियोगितामा कतार फाउण्डे
शनसंगमौ एकपटक पराजित नेपालले हालसम्मका ५ मध्ये ४ खेल जितेको छ ।
पाँचौं चरणका खेल सम्पन्न हुँदासम्म नेपालको अंक ९ पुगेको छ ।
११ जनवरीबाट आयोजना भएको लिग अन्तर्गत गत शुक्रवारको अर्को प्र
तिस्पर्धामा भारतले कतार फाउण्डेशनलाई २–० ले पराजित गर्दै अपराजित यात्रा
कायम राखेको छ भने कतार क्लव जुनियर्सले इजिप्टलाई रोचक २–१ ले पराजित
गरेको छ । शुक्रवारको अर्को प्रतिस्पर्धामा मोवासलातले पहिलो विजय दर्ता गरे
को छ । मोवासलातले लेवननमाथि २–१ को विय हासिल गरेको छ ।
भारतले अपिराजित यात्रा कायम राख्दै १० अंक जोडेको छ भने कतार क्लब्स
जुनियर्सले पनि आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । कतार क्लब्स
जुनियर्सको नेपालकै बराबर अंक छ भने कतार फाउण्डेशनले ७ अंक लिएको
छ ।
अंकतालिकामा फिलिपिन्स र मोवासलातको ६, इजिप्टको ५ र लेवननको ३
अंक रहेको छ ।
नेपालले अव अघिल्लो खेल १ मार्चमा कतार क्लव जुनियर्ससंग र ८ मार्चमा भार
तसंग खेल्दैछ । यी खेलहरूले सेमीफाइनल प्रवेशको ढोका खोल्ने हुँदा
जितका लागि खेल्नुपर्ने दवाव नेपाली टोलीमाथि रहेको छ । नेपाली टो
लीलाई समर्थनका लागि खेलस्थलमा उपस्थिति निरन्तरता दिन पदाधिकारीहरूले
अपिल गरेका छन् ।
प्रथम सहिद लखनको सम्झना
प्रेम लामा÷दोहा– कतारका नेपालीले नेपालका प्रथम सहिद लखन थापाको
सम्झना गरेका छन् । सहिद थापामगरको १३६ औं स्मृति दिवस मनाउन
‘हाम्रो इतिहास हाम्रो गौरब’ भन्ने मुल नाराका साथ नेपाल प्रवासी
आदिवासी जनजाति महासंघ तथा नेपाल प्रवासी मगर संघले गत शुक्रवार दोहामा
एक स्मृति सभाको आयोजना गरे ।
१ सय ४ बर्षे जहानिया राणा शासनबिरूद्व आवाज उठाएका लखन थापामगरले लो
कतन्त्रका लागि लड्दा लडदै ज्यानको बलिदान दिएका थिए । राणा शासकहद्वारा
उनलाई फाँसी दिई हत्या गरिएको थियो ।
राणा शासनको विरोध र जनताको लागि लड्ने कार्यमा सवैभन्दा पहिला सहादत प्र
ाप्त गरेकोले उनी प्रथम शहीद भएका हुन् । गोरखाको बुङकोटमा वि.सं. १
८९१ सालमा जन्मिएका लखन थापामगरलाई वि.सं. १९३३ सालमा उनलाई
तत्कालिन राणा शासनको बिरूद्व आवाज उठाएको अभियोगमा फाँसी दिइएको
थियो । उनको हत्या भएको १ सय २७ बर्षपछि मगरजातिहरुले शशक्त माग राखे
पछि उनलाई राज्यले शहीद घोषणा गरेको हो ।
नेपाल प्रवासी मगर संघको अध्यक्ष भिम बहादुर तरामु मगरको
सभापतित्वमा सम्पन्न सो स्मृति सभामा उत्साहजनक सहभागिताकाविच नेपालको र
ाष्ट्रिय गानसहित नेपालका हालसम्मका सहिदको स्मरण गरिएको थियो ।
सो अवसरमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका प्रथम उपाध्यक्ष प्र
काश आलेमगरले शहीद लखन थापा मगरलाई राज्यले पहिलो शहीद हुने प्र
शस्त मात्रमा प्रमाणहरु हुँदा पनि वेवास्ता गरेकोमा अव प्रवासबाट पनि यसबारे
उचित कदम चाल्नुपर्ने बताए भने सभापति भिम बहादुर तरामु मगरले प्रथम शहीद
घोषण गर्न राज्यले ढिलाई गर्न नहुने बताउँदै प्रवासबाट पनि यसबारे
मा आवाज उठाउनुपर्ने धारण राखे । सो अवसरमा बैचारिक संस्थाहरूका तर्फबाट
नेपाली जनसम्पर्क समितिका सभापति बिमल सुवेदी, संघिय समाजवादी पार्टीका
अध्यक्ष आशमान वाईवा तामाङ, नेपाली जनप्रगतिशिल मञ्चका महासचिव तिल विक्रम
थेवे, नेपाल लोकतान्त्रिक मञ्चका सचिव छविलाल विश्वकर्माले मन्तब्य राखे ।
यसैगरी किराँत राई यायोक्खा कतारका अध्यक्ष धिरज चाम्लिङ्ग राई, सर्लाही
प्रवासी सेवा समाजका अध्यक्ष जिवछ महतो, नेपाल प्रवासी मुस्लिम सेवा समाजका
अध्यक्ष मक्सुद आलम, नेपाली महिला समाजकी अध्यक्ष रेखा राई, नेवा पूचका
प्रथम उपाध्यक्ष किशोर महर्जन, प्रवासी सुनुवार सेवा समाजका उपाध्यक्ष किशोर
सुनुवार, नेपाल प्रवासी तामाङ समाजका महासचिव माइला वाईवा तामाङ, तमु समाजका
महासचिव खिम तमु, किराँत प्रवासी राष्ट्रिय मञ्चका सचिव गोविन्द फ्याक
लिम्बु, संघिय लिम्बुवान परिषदका सदस्य मिन महोङ्ग, नेपाल प्रवासी मगर
संघका प्रमुख सल्लाहकार देव रानामगर र डिएन मगर, नेपाल आदिवासी जनजाति
महासंघका सल्लाहकार चन्द्रशेर राई, दाङ्ग देउखुरी सेवा समाजका सल्लाहकार
अर्जुन खड्का, नेपाल प्रवासी भुजेल सेवा समाजका सल्लाहकार दिल्लीराम
भुजेल, नेपाल तामाङ घेदुङ्ग संघका प्रतिक तामाङ लगायतले प्रथम सहीद लखन
थापाले जहानिया राणाशासन विरुद्ध गरेको आन्दोलनको बारेमा चर्चा गरे । सो
स्मृतिसभा संचालन मगर संघका सचिव राम पुन मगरले गरेका थिए ।