११ दिनपछि पारसको होस् खुल्यो


 कामाण्डौ,फागुण १९,

बैङ्ंककमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको ११ दिनपछि होस खुलेको अस्पतालले जनाएको छ । बैङ्ककमा उपचार भइरहेको समितिभेज अस्पतालले आज जारी गरेको विज्ञप्तीमा पारसको होस खुलेको र मान्छे चिन्न सक्ने अवस्थामा रहेको जनाइएको छ ।

अस्पतालका कार्डियोलोजिस्ट डा.माना चाण्डा भिमोलद्वारा हस्ताक्षरित विज्ञप्तीमा पारसलाई  भेन्टिलेरटमै राखेर उपचार जारी राखिएको जानकारी दिइएको छ । अस्पतालको विज्ञप्ती अनुसार पारसको शरीरका अङ्गहरु सक्रिय हुन थालेका छन् ।

 हृदयघात भएपछि यही फागुन ८ गते बैङ्ककको समितिभेज अस्पतालमा उपचारका लागि पारसलाई भर्ना गरिएको थियो । बैङ्ककका विभिन्न अस्पतालका विशेषज्ञहरु उपचारमा संलग्न छन् । पारसलाई भेन्टिलेटरबाट निकालेपछि एमआरलाई गर्ने तयारी चिकित्सकहरुको छ ।

 एमआरआई रिपोर्टपछि उपचारको थप प्रक्रियाको बारेमा निक्र्यौल हुने अस्पतालले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com