काठमाण्डौ फागुन १९,
भर्खरै भएको नयाँ सम्झौता अनुसार कोरियाली मोडल मै सरकारले नेपाली कामदार (केयागीभर) इज़रायल पठाउने भएको छ । केहि दिन अघि श्रम सचिव सहितको टोलि इज़रायलका सरकारी अधिकारीसंग गरेको वार्ताले यस्तो प्रस्ताब राखेको हो ।
सरकारले गरेको ब्यबस्था अनुसार कोरिया कामदार पठाउदै आएको छ । सरम सचिव टोलीले इज़रायाली सरकार संग रोजगारी अनुमति प्रणाली ईपीएस मोडलमा कामदार पठाउन प्रस्ताव राखेकोमा नेपालि पक्षाको यस प्रकारको प्रस्ताव माथि इज़रायल सर्केले सकारात्मक रहेको भ्रमण टोलिका सदस्य एवं बैदेशिक रोजगारका महानिर्देशक पूर्णचन्द्र भट्टराइले जानकारी दिए। यस प्रकार सरकारी निकायकै संयोजनमा काम गर्दा कामदार नठगिने र साथै सेवा सुबिधा पनि सजिलै प्राप्त हुने जनाए . सरकारले कोरिया कामदार पठाउँदा भाषाको जाच लिने र रोस्टरमा नाम चडाइ नियम अनुसार पठाउने गरेको छ । यस खाले प्रमाणले कामदार नाथागीएको दावी छ।
कोरियाकै जस्तो प्रणाली को इज़रायाली कामदारलाई पनि अपनाउन उक्त टोलीले प्रस्ताव राखेको छ तर इज़रायल सरकाले स्वीकार गरे मात्र यो नियम लागु हुनेछ र नेपालि कामदार इज़रायल कामको लागि जान पाउने छन्। दलालहरु र म्यन्पावारहरुले मनपरी शुल्क लिएको भन्दै करिव चार बर्ष अघि इज़रयाल सरकारले नेपालि कामदारको रोक लगाएको थियो। नेपालि म्यान पावार हरुले पांच छ लाख लिएको गुनासो इज़रायल सरकारको छ । काम , दाम र सुविधाका दृष्टिकोण ले इज़रयाल निकै राम्रो मानिन्छ। पछिल्लो समय नेपालि कामदार हरुको इज़रायाल्मा निकै बढ्दो माग रहेको छ । अन्या खाडी मुलुक भन्दा निकै सुरक्षित पनि मानिन्छ बिशेष महिलाहरुको लागि . कामदारहरुको सामान्य तलव असि हजार देखि माथि रहेको छ ।
इज़रायाली पक्षले पैसा बढी लिएको र विभिन्न सम्बन्धित तालिमबारे समस्य देखाएको भ्रमणका अधिकारि टोलीले बताए । नेपालि कामदारहरु आफ्नो भिषाको म्याद सकिएर पनि लुकेर काम गरिरहेको समस्या सम्बन्धि पनि टोलीले इज़रायाली समक्ष राखी थियो। टोलीले इज़रायाली पक्ष संग दुइ चरणमा छलफल गरेका थिए। इज़रायाल्मा भर्खरै चुनाब सम्पन्न भएकोले अब नयाँ सरकार पूर्ण रुपमा गठन भएपछी नेपालको प्रस्ताव बारे टुंगो लागे भट्टराइले बताए । नेपालि पक्षले चौतर्फी खुल्ला रुपमा छलफल गरेको यसमा इज़रायाली पक्षले निकै सकारात्मक रहेका छन् तर सबै कुराको टुंगो लागि नेपालि कामदार लिन भने अझैं इज़रायाल्लाई तीन महिना जति लाग्ने भट्टराइले जानकारी दिए।
उच्च विभागको अनुसार यस बर्ष एक जना पनि नेपालि कामदार इज़रायल गएका छैनन् अहिले त्यहाँ स्थित करिब सात हजारको हाराहारीका नेपालि कामदार कार्यरत रहेको अनुमान छ । इज़रायाली अधिकारीहरु संग भएको छलफलले आफुहरु निकै सकारात्मक र उत्साहित रहेको भ्रमण टोलीमा सामेल पूर्णचन्द्र भट्टराइ लगायतका सहभागीहरुले बताएका छन् ।