पहिरनमा मोडलहरू कस्सिए क्याटवाक गर्न

पोखरा चैत्र ५,

शिव शर्मा : राताम्मे पहिरनमा मोडलहरू पालैपालो क्याटवाक गर्न कस्सिए । एउटै रंगमा नौलो पाराले गरिएको फेसन शो भएकाले दर्शकहरूको सहभागिता पनि उल्लेख्य देखिन्थ्यो ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिलासम्बन्धी विभिन्न कार्यक्रम भैरहेका बेला पोखरामा फेसन डिजाइनिङ अध्ययन गरिरहेका प्रशिक्षाथीर् हरूबीच भएको डिजाइनर कन्टेस्ट रातो थिममा आधारित थियो । कार्यक्रमको आयोजना कलेज अफ आर्ट एन्ड डिजाइन -आईएफसी)ले गरेको थियो ।

गर्मीको पारो चढ्दै गएका बेला पहिरन पनि सोही अनुरूप नै तयार पारिएका थिए । खुला र फेसनेबल पहिरनमा मोडलहरू निकै आकर्षक देखिए । हिमालपारिको जिल्ला मुस्ताङको जोमसोमबाट आएकी अनुषा गौचनले प्रतियोगितामा उत्कृष्ट डिजाइनरको उपाधि हासिल गरिन् ।

त्यस्तै प्रतियोगितामा रत्न कुँवर फस्ट रनर्सअप तथा इन्द्रपुन मगर सेकेन्ड रनर्सअप घोषित भए । उक्त अवसरमा मिस मगर- २०१२, पोखराकी विजेता रजना थापा मगरले पनि उत्कृष्ट पहिरन प्रस्तुत गरेकी थिइन । उनको प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रह्यो । प्रतियोगितापछि मोडल तथा फेसन डिजाइनहरू डान्सपार्टीमा रमाए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com