खिलराज रेग्मीले लिए सपथ, २२ दलको बहिस्कार

काठमाडौं, चैत्र १ ,

प्रधानन्यायाधीश खिलराज रेग्मीले चुनावी मन्त्रिपरिषद्को अध्यक्षमा बिहीबार बिहान सपथ लिएका छन् । उनले शितल निवासमा आयोजित एक समरोहमा राष्ट्रपति रामवरण यादवबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । 

प्रमुख चार दल एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाबीच बुधबार राति चुनावी सरकारको नेतृत्व प्रधानन्यायाधीश रेग्मीलाई दिने भएको सहमति अनुरुप उक्त सपथ भएको हो । सपथ लिए लगत्तै रेग्मीले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यलाई समेत सपथ गराएका छन् । 

पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरेलाई गृह र परराष्ट्र तथा हरिप्रसाद न्यौपानेलाई कानुन न्याय एंव श्रम मन्त्रीको जिम्मेवारी दिइएको छ । अध्यक्ष सहित ११ सदस्यीय मन्त्रिपरिषद् गठन गरिने चार दलबीच सहमति भएको छ । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति,निवर्तमान प्रधानमन्त्री र मन्त्रीहरु, राजनीतिक दलका नेताहरु, कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति रहेको थियो । 

प्रमुख राजनीतिक दलहरुबीच बुधबार राति अन्तरिम निर्वाचन परिषद् गठन गर्नेसहितका ११ बुँदे सहमतिमा हस्ताक्षर भएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो । प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन लागिएको विरोधमा उत्रेका नेकपा-माओवादी समेत २२ दलले शितल निवास बाहिर नारावाजी गरेका छन् । त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । 

केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरु पानीपोखरीपट्टी धर्ना दिएर प्रदर्शन गरिरहेका छन् । उपाध्यक्ष सीपी गजुरेल र महासचिव रामबहादुर थापाले प्रदर्शनको नेतृत्व गरिरहेका छन् । उनीहरुको प्रदर्शन र धर्नाले पानीपोखरीबाट महाराजगंज जाने बाटो अवरुद्ध भएको छ ।(स्रोत-इकान्तिपुर)  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com