रुकुम, चैत १ ,
आजदेखि सुरु भएको एसएलसी परीक्षामा सहभागी हुन तयारीमा रहेकी रुकुम पोखरा गाविसको जनता उच्च माविकी छात्राको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ।
रुकुमकोट परीक्षा केन्द्रबाट परीक्षा दिन रुकुमकोट पुगेकी पोखरा गाविस- ४ की १८ वर्षीया गीता खड्का थापाको हिजो साँझ मृत्यु भएको हो।
प्रहरीका अनुसार आफू बस्ने कोठा पोत्न माटो लिन गएकी खड्का माथिबाट खसेको माटोको ढिस्कोले पुरिएका थिइन्। घाइते अवस्थामा फेला परेकी खड्काको उपचार गर्न लिने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
हिजो दिउँसो माटोमा पुरिएकी खड्कालाई साँझ फेला पारिएलगत्तै अस्पताल पुर्यालए पनि चिकित्सकले त्यसअघि नै उनको मृत्यु भइसकेको बताएका थिए। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै