चिर्पट प्रहार गर्दा बुहारीको हत्या

खोटाङ,चैत १३,

खोटाङमा घरायसि विवादमा जेठाजुले चिर्पट प्रहार गर्दा बुहारीको मृत्यु भएको छ। खार्ताम्छा ९ बस्ने ६० बर्षका शङ्करमणि राईले प्रहार गरेको दाउराको चिर्पटले लागेर ५१ बर्षकी बुहारी मर्याङरी राईको मृत्यु भएको हो।

घरायसी विवादमा एक्कासि जेठाजुले चिर्पटले हानेपछि गम्भीर घाइते बनेकी मर्याङरीको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रहरिले छ। शङ्करमणिलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com