सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन ठप्प

कञ्चनपुर, फागुन २०,

सुदूरपश्चिम विश्वविद्यालयमा आंशिक तथा करारमा कार्यरत प्राध्यापकले आज पठनपाठन कार्य ठप्प पारेका छन्। आफूहरुलाई स्थायी गरिनुपर्ने मागअघि सार्दै उनीहरु पठनपाठनको कार्य अवरुद्ध गरी आन्दोलनमा उत्रिएका हुन्।

विश्वविद्यालमा चार महिनादेखि पठनपाठन कार्यमा संलग्न हुँदै आए पनि स्थायी नगरिएकाले आन्दोलमा उत्रिनुपरेको आंशिक तथा करार प्राध्यापक समन्वय समितिका अध्यक्ष वीरबहादुर सिंहले बताए।

विश्वविद्यालयमा समायोजन हुने सिद्धनाथ बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीलाई समायोजन गर्न विश्वविद्यालयले शिक्षाशास्त्रका डिन नारद अवस्थीको संयोजकत्वमा समायोजन कार्यदलसमेत गठन गरेको छ। विश्व विद्यालयमा दुई दर्जनभन्दा बढी प्राध्यापक आंशिक र करारमा कार्यरत छन्। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com