सारदाले तोडिन अनसन

 काठमाण्डौ फागुन २०,

सारदा भुषाल झा ले आफ्नो अनसन शनिबार  साँझ बाट तोडेकी छन सरकारले उनको माँग सम्बोधन गर्ने प्रतिबंद्धता जनाए पछि  उनले अनसन तोडेकी हुन् । 

नौं दिन देखि शान्ति वाटिकामा अनसन बस्दै आएकी भुषाल सँग सहमति भएपछी अनसन तोडेकी हुन् । स्थानिय निकायमा संलग्न भ्रष्टाचारीलाई कारवाही गर्ने सरकारको प्रतिबद्धता पछि उनले अनसन तोडेको उनका सहयोगीहरुले बताएका छन् । 

जिल्ला बिकाश समिति बनौली, दनौली गाविसमा भएको भ्रष्टाचार प्रकरणलाई छानबिन गरि एक महिना भित्र दोषीमाथि कारवाही गर्ने सरकारले प्रतिबद्धता जनाएको छ । नौ दिन सम्म अनसन बसेकी सारदा भुषाल अहिले काठमाण्डौको मोडल अस्पतालमा भर्ना भएकी छन् । उनको स्वास्थ्यमा सामान्य समस्या देखिएकोले अस्पताल भर्ना गरिएको बताइएको छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com