वीरगन्ज, चैत १५ ,
विद्यालय व्यवस्थापन समितिको चुनावसम्बन्धी विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा पर्साको मसिहानी गाविस-९ चिलझप्टीमा ११ जना घाइते भएका छन्।
घाइतेहरुमध्ये तीनजनाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
होली खेलेर रमाइलो गरिरहेको समयमा बुधबार हीरालाल मुखिया बिन र राजेशप्रसाद यादव समूहबीच विद्यालय व्यवस्थापन समितिको चुनावलाई लिएर गालीगलौज भएको र त्यसले उग्र रुप लिएपछि ११ जना घाइते भएका हुन्।
घाइतेमध्ये जोखु मुखिया बिन, झगरु मुखिया बिन र जटिस मुखिया बिनको अवस्था गम्भीर रहेकाले उनीहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।
दोषीलाई कानुनी कारबाही गर्ने वचनबद्धता प्रहरीले गरेपछि झडप नियन्त्रणमा आएको बताइएको छ। घटनापछि यादव समूहका व्यक्तिहरु फरार रहेको र उनीहरुको खोजी कार्य तदारुकताका साथ अगाडि बढाएको प्रहरी निरीक्षक खेमनारायण चौधरीले बताए । रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै