काठमाडौ चैत्र १५,
गैरआवासीय नेपाली संघले गत हप्ता मलेसिया स्थित जोहोरमा भएको घट्ना प्रति दुःख ब्यक्त गर्दै घट्नाका दोषी माथि कानुनी कार्यवाही गर्न माग गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेद्धरा प्रकाशित बक्तब्यमा , मलेसियाको जोहोर बारु बारु (Johor Bahru) को पासिर गुडांग (Pasir Gudang) मा रहेको एक कम्पनीको होस्टेलमा भएको सांघातिक आक्रमणमा परी नेपालीहरु घाइते भएको घटना प्रती गैरआवासीय नेपाली संघ दुःख व्यक्त गर्दै नेपाल सरकार र मलेसियन सरकार समक्ष घट्नाको सत्य तथ्य पत्ता लगाई दोषी उपर कारवाही गरी घाइते भएका नेपालीहरुलाई यथाशिघ्र उपचारको व्यवस्थाको लागि हार्दिक अपिल गर्दछौ ।
साथै मलेसियामा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई यस असहज परिस्थितमा संयमतापूर्वक आपसी सदभाव कायम गर्न तथा कुनै किसिमको असमान्य परिस्थिति आइपरेमा आधिकारिक निकायसंग समन्वय गर्न समेत हार्दिक अनुरोध गर्दछौ भनिएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै