सोलुखुम्बु, चैत १५,
सोलुखुम्बुको जिल्ला सदरमुकामसम्म सडक यातायातले जोडिएको चार वर्ष पूरा भइसक्यो। जिल्लाका ३४ मध्ये १७ वटा गाविसमा सडक यातायात सेवा पुगेको छ। जिल्लामा प्रशस्त मोटरसाइकल तथा जिपहरु सञ्चालनमा छन्।
तर सोलुखुम्बुको प्रहरीसँग भने गाडी तथा मोटरसाइकल त परै जाओस् एउटा साइकलसमेत छैन।
सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेत भन्छन्- "१७ वटा गाविसमा सडकको पहुँच छ, अपराधीले कुनै आपराधिक क्रियाकलाप गरेर सवारीसाधन प्रयोग गरी भाग्ने सम्भावना भएपनि प्रहरीसँग उनीहरुलाई पछ्याउने कुनै साधन नै छैन"।
गाडी वा मोटरसाइकलको माग गरिएको भएपनि विभागबाट प्राप्त नभएको र सवारीको अभावमा अपराधी भाग्ने सक्ने अवस्था जिल्लामा सिर्जना भएको पनि प्रनाउ बस्नेतले बताए।
जिल्लाको विभिन्न गाविसमा घटना हुँदा जिल्ला प्रहरी कार्यालयबाट प्रहरीहरु पैदलै हिँडेर घटनास्थलमा पुग्ने गरेका छौँ।
"कतिपय घटनामा अधिकृतस्तरको प्रहरी खट्नुपर्छ, त्यसका लागि जिल्लाबाट जान यातायातको साधन नभएकाले पैदलै हिँडेर जाने गरेका छौँ" प्रनाउ बस्नेतले भने।
केही स्थानमा भाडाका साधन सञ्चालन भए पनि धेरैजसो गाउँमा निजी सवारीसाधन मात्र सञ्चालनमा छन्। त्यस्तो ठाउँमा जिल्ला विकास समितिलाई अनुरोध गर्नु वा जिविसको गाडी खाली व्यस्त भएमा पैदल हिँड्नुको विकल्प प्रहरीसँग छैन। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै