गीत " ‘मेरो नामको चुरा पोते



मेरो नामको चुरा पोते, लगाउनु पर्दैन भो
सिन्दुरले सिउँदो पनि, सजाउनु पर्दैन भो

देखावटी सम्बन्धको, हुदैन कैल्यै महत्व
संगै रहे पनि हामी, रहन्न केही अस्तित्व
तिम्ले मेरा रहरमा, दिईनौं कहिल्यै ध्यान
तिमिबाट पाउँनु पर्ने, पाईन मैले सम्मान

बास्ना छर्दै अब तिमी, अन्तै कतै फुलिदिनु
समयसंगै बिगत् अनि, मलाईपनी भुलिदिनु
फर्कने छैन मेरो मन्, आश गर्छौ कति दिन
तिम्रो सामु पर्ने छैन, बाच्छु अब जति दिन

मेरो नामको चुरा पोते, लगाउनु पर्दैन भो
सिन्दुरले सिउँदो पनि, सजाउनु पर्दैन भो

' नरेन्द्र घर्ती '
तारा , बाग्लुङग

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com