अर्ब आर्थिक विकासका लागि कुवेती कोष बुढीगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि नेपाल सरकारलाई रु एक अर्ब ५५ करोड ७० लाख ऋण उपलब्ध गराउन सहमत भएको छ।
सुदूरपश्चिमको अछाम जिल्लामा सञ्चालन हुने २० मेगावाटको आयोजनालाई आगामी २६ वर्षका लागि ०.५ प्रतिशतको सेवा शुल्क र दुई प्रतिशत व्याजदरमा सो ऋण उपलब्ध गराउन सहमति भएको हो।
अर्थमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र अरब आर्थिक विकासका लागि कुवेती कोषका उप महानिर्देशक हेशम अल-वाक्वायनले सो सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।
सो आयोजनाको निर्माणपछि ग्रामीण क्षेत्रमा विद्युत् उपलब्ध हुने र रोजगारीका नयाँ अवसरहरू सिर्जना हुनुको साथै आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ। सो आयोजना सन् २०१९ मा सम्पन्न हुने बताइएको छ। हस्ताक्षपछि सहसचिव मरासिनीले आयोजना निर्माणलाई समयमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे। रासस: