काठमाडौं, फागुन १९,
राष्ट्रिय जनसांस्कृतिक महासङ्घका घटक सङ्गठनहरुको संयुक्त सम्मेलन आगामी चैत २३ र २४ गते यहाँ हुने भएको छ। विसं २०४४ पुस १९ गते स्थापित महासङ्घ(पहिले मञ्च) अन्तर्गत राष्ट्रिय जनसाहित्यिक मञ्च, जनसङ्गीत मञ्च, जननाट्य मञ्च, जनपक्षीय चलचित्रकर्मी सङ्घ, नेपाल ललितकला मञ्च, भाषा तथा लोकसाहित्य मञ्च र सामाजिक-सांस्कृतिक अध्ययन मञ्चमध्ये अघिल्ला ६ संस्थाको सम्मेलन हुन लागेको हो।
यसैबीच महासङ्घका अध्यक्ष खगेन्द्र राईको उपस्थितिमा जनसाहित्यिक मञ्चको आज यहाँ बसेको सचिवालयको विस्तारित बैठकले गायत्री गाउँलेको संयोजकत्वमा प्रचारप्रसार, गोपालकुमार मैनालीको संयोजकत्वमा आर्थिक, आरएम डङ्गोलको संयोजकत्वमा सभाकक्ष व्यवस्था, देवविक्रम राईको संयोजकत्वमा मञ्च व्यवस्थापन, नवराज रिजालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन, डा जीवेन्द्रदेव गिरीको संयोजकत्वमा विधान र रमेश पोखरेलको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति गठन गरेको छ।
यसैगरी आगामी चैत ३०-३१ गते यहाँ प्रगतिशील लेखक सङ्घ नेपालको दसौँ राष्ट्रिय सम्मेलन हुने भएको छ। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै