गजल : By, रोशन खड्का



तिम्रो घर जन्ती टोली,हेर्दा झरे आँसू मेरा।
आगनिमा भा'को डोली, हेर्दा झरे आँसू मेरा।

पाराईले ल्याएको नी, रातै थियो सिन्दुर त्यो,
रातै थियो सारी चोली, हेर्दा झरे आंसू मेरा।

जनम् जनम् सम्म हामी,नछुटने वाचा थियो,
छुटीएमा मर्ने खोली,हेर्दा झरे आँसू मेरा।

टूटे पनि हाम्रो नाता,बाँची राख भन्दै थियौ,
एकोहोरो तिम्रो बोली, हेर्दा झरे आँसू मेरा।

तिलाञ्जली दिनलाई, तिम्रै नाम्मा जिन्दगा नी,
जोगी बन्न बोक्या झोली,हेर्दा झरे आँसू मेरा।

छाती भित्र तिम्रो मायाँ, सँधै उस्तै सजाउँन,
मुटू सँग मायाँ मोली,हेर्दा झरे आँसू मेरा।


 रोशन खड्का ।
सहरे ८, दोलखा ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com