फागुन ६ ,२०६९ (फेब्रुअरी १७ ,२०१३ )का दिन वाशिंगटन डिसी स्थित नेपाली समुदाय तथा बिदेशीहरुकै बहु चर्चित चमेना गृह ,सुरेश सापकोटाद्वारा संचालित हिमालयन हेरिटेजमा नेपाल पद यात्रा ,डिसी आरम्भ गरिएको घोषणा गरियो । कार्यक्रमलाई अझ सशक्त बनाउने उदेश्य अनुरुप दोश्रो पटक डिसी क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको हो।
नेपालको लागि सामाजिक सेवा गर्ने उदेश्यको साथ यस बर्ष वाशिंगटन डिसी क्षेत्रमा आयोजना तय गरिएको नेपालको युवा संस्थाका प्रमुख पुकार मल्लले जनाए । कार्यक्रमको सुरुवात डिसी क्षेत्रमा रहेको गोर्खाली फ़ाउनडेसनका प्रमुख निरज प्रसाद पालिखेले सबैलाई स्वागत गर्दै यसको अवधारणा आदि ईत्यादी बारेमा जानकारी गराएका थिए ।
२०१३ को लागि डिसीमा नेपाल पद यात्रा गर्ने निर्णय गरिएको हो भन्दै यस अघि बोस्टन ,टेक्सास डलास ,न्यु योर्क आदि स्थानमा कार्यक्रम सफलतापुर्वक संचालन गरिएको जानकारी मल्लले दिए । उक्त पद यात्रामा आर्थिक संकलन जुटाई नेपालमा बृहत रुपमा कार्य गरि रहेका गैर मुनाफा संस्थाहरुलाई आर्थिक अनुदान प्रदान गरि सहयोग पुर्याएको थियो ।
र सन् २०१२ मा नेपालमा सामाजिक क्षेत्रमा अतुलनीय कार्य गरि रहेकालाई पनि आर्थिक अनुदान दिने उदेश्य अनुरुप ,सो को लागि आब्हान गरिए अनुसार २० वटा जिल्लाबाट सत्ताईश वटा गैर मुनाफा संस्थाहरुले निबेदन दिएका थिए । मतदान प्रणालीको माध्यमबाट उत्कृष्ट हुने तीन गैर मुनाफा संस्थालाई २०१२ को नेपाल पद यात्राको बिजयीको घोषणा गरिएको छ । िजयी हुने गैर मुनाफा संस्थाहरु क्रमस प्रथम हात सरसफाई अभियान ,नवलपरासी ,दोश्रो ,ग्रीन्स गिफ्ट ,ललितपुर र तेश्रो एड्स / सुरक्षित यौन शिक्षा ,काठमाडौँ परेका छन् ।
यसको मुख्य उदेश्य डिसी क्षेत्रमा काम गरिरहेका गैर मुनाफा संस्थाहरुसंग साझेदारी रुपमा काम गर्ने रहेकोले २०१३ को लागि नेपालको युवा ,गोर्खाली फ़ाउनडेसन ,कमिटेड नेपाल र ग्लोबल नेपाल फेस्टसंग काम गर्ने तय भएको जानकारी मल्लले दिए । कार्यक्रममा संचारकर्मी ,बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि,समाजसेवी ,स्वयम् सेवकहरुको उपस्थित थियो भने केहि सुझाब संकलन पनि लिईएको थियो ।
यस बर्ष पनि ग्लोब नेपाल फेस्टले २०१२ मा डिसीमा आयोजना गरे जस्तै अप्रिल १४ ,२०१३ अर्थात् नेपाली नया बर्ष २०७० को दिन नेपाल पद यात्रा संगै नेपालको संस्कृति र परम्परा झल्काउने, भोजन उत्सव ,सांस्कृतिक कार्यक्रम तथा बिबिध प्रकारका कार्यक्रम राखिने जानकारी ग्लोब नेपाल फेस्टकि संचालिका अन्जना बुढाथोकी, सापकोटाले दिनु भयो । नेपालका युवा संस्थाका संस्थापक पुकार मल्लले नेपाल पद यात्राबाट उठाईएको रकमबाट सामुदायिक सेवाको लागि साझेदारी संस्थालाई ८० प्रतिसत जाने र २० प्रतिसत नेपालको युवामा संस्थालाई जाने भने भने त्यो २० प्रतिसतबाट पनि समाज सेवाको लागि हुने छ भनि जोड दिए । कार्यक्रमको समापन गोर्खाली फ़ाउनडेसनका प्रमुख निरज प्रसाद पालिखेले गरेका थिए।
विजय थापा ,भर्जिनिया ,अमेरिका