निर्माण मजदुर ११ तलामाथिबाट खस्दा सख्त घाइते

 काठमाण्डौ फागुन ७,

नीम्कांत पाण्डे : पासाङ्ग मोक्तान , ललितपुर, बालकुमारी वेस्टर लाइफ स्टाइल प्रा.लि.मा कार्यरत दाङ्ग लालमटियाका वर्ष २१ का शान्तराम चौधरी २०६९-९-२० गतेका दिन निर्माणाधिन भवनको ११ तलाबाट खसेर दुर्घटना भएको छ ।

उहाँको दुई वटै खुट्टा भाँचिएको र शरीरका केही भाग नचल्ने अवस्थामा बी एण्ड बी अस्पतालमा उपचार भईरहेको छ । त्यहि कम्पनीमा कामदारको रुपमा कार्यरत कृष्ण थापा पाँच महिना अगाडि दुर्घटनामा परी आफ्नो शरीरको मेरुदण्ड भाँचिई केहि उपचार पछि कोठामा रेष्टमा बसेका छन् ।

जो जीवनभरी काम गरी खान नसक्ने अवस्था भएकोले निज पीडितलाई उचित उपचार र काम गर्न नसक्ने अवस्थामा खानलाई क्षतिपूर्ति उपलब्ध हुनुपर्छ भनी त्यस कम्पनीमा कार्यरत सम्पूर्ण मजदूरहरुको माग रहेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com