तिम्रो समादृतको
समाधी भित्र
कैद म आलोक
तिमीलाई म
समबेदनाको
परिष्कारी
अमिलो पिलाउन
सक्दिन।
न त तिम्रा लागी
म आफ्ना उन्नत
प्रेमको डाइरीमा बन्द गरेर
ग्रन्थहरु झैं राख्न सक्छु,
तिमी उन्मत्त छौ,
म तिम्रो उन्मत्त भित्र
अबिष्कारक लुईब्रेल बन्न सक्दिन,
नत तिम्रो गतीको लेखा जोखा गर्न
न्युटन बन्न सक्छु,
केवल जल्न सक्छु
पग्लिदै कालरात्रीमा
तिम्रै लागी
मैनसरि समापनको
दुरीमा,,,,,,
तप तप चुँहिदै।
तिम्रै प्रत्येक
मुस्कानको बिन्दुबाट
प्रेमासक्त म
तिम्रो हाँसोको
अत्पाशिंक टुक्राभित्र
स्फुरदिपी
जुनकिरी झै
म आफ्नो प्रतिबिम्व
खोजी रहन्छु,,,,
तिम्रो अनी मेरो
मेरो अनी तिम्रो
हृदयभरी प्रादुर्भाव
भएका तिक्ष्ण अनी
अब्यक्त चाहहरु
ज्वालामुखी झैं
कतै मेरै जस्तै
आयतनको खोजीमा
गुम्सिएका त छैनन?
एक देखी अर्कोको
हृदयको पदचापको
पर्खाइमा तम्सिएका
छैनन??
यदी म तिम्रो प्रेमको
नाप र तौलको हिसाव
किताव गर्न सक्ने
भए म तिम्रो लागी
नयाँ युगिन आर्किमिडिज
बन्ने थिएँ।
म तिम्रो अदृष्य प्रेमको
महामारीमा रुमल्लिएको
एक टुक्रा केवल पतकर
भएको छु,,,,,
प्रचण्ड अग्नी रापबाट
पलायन हुने अन्तिम
पतझड भएको छु,,,
नयन मेरा ह्याथ्रुङका
मुल हैन, बनोस पनि कसरी???
मेरा नयन बाट झर्ने झर्ना
केवल मेरा अजिर्ण छातीमा
टप्किन्छन, महसुस होस कसरी???
म तिम्रो चाहमा कराउन सक्दिन,,,
न आफै सँग डराउन सक्छु,,,,
पल पल,,,,,,,
हर पल,,,,,
अब्यक्त अब्यक्त
रहीरह्यो मेरो माया
तिमी प्रती, हृदय भरी
कोरिएर पनि नकोरिए जस्तै,
अन्तिम त्यो त्यो पलमा एकोहोरिए जस्तै
अब्यक्त अब्यक्त अब्यक्त!!!
भिजे बिद्रोही :
भोजपुर, हाल इज़रायल
नयन मेरा ह्याथ्रुङका
मुल हैन, बनोस पनि कसरी???
मेरा नयन बाट झर्ने झर्ना
केवल मेरा अजिर्ण छातीमा
टप्किन्छन, महसुस होस कसरी???
म तिम्रो चाहमा कराउन सक्दिन,,,
न आफै सँग डराउन सक्छु,,,,
पल पल,,,,,,,
हर पल,,,,,
अब्यक्त अब्यक्त
रहीरह्यो मेरो माया
तिमी प्रती, हृदय भरी
कोरिएर पनि नकोरिए जस्तै,
अन्तिम त्यो त्यो पलमा एकोहोरिए जस्तै
अब्यक्त अब्यक्त अब्यक्त!!!
भिजे बिद्रोही :
भोजपुर, हाल इज़रायल