भत्किएको घर भित्र, वासको खै! के अर्थ।
मन्मा भोकै छैन भने,गाँसको खैँ! के अर्थ।
चर्किदैन तिम्रो मन, बज्रपात पर्दा पनी,
सामुन्नेमा लडेको यो,लासको खै! के अर्थ।
समयको मैदानमा,भाग्य सँग लड्न लाग्दा,
आफै माथी जाई लाग्ने, दासको खै! के अर्थ।
जसोतसो चलेकै छ, जिन्दगी यो गरीब मै,
तिम्रा ठुला सपनाका, रासको खै! के अर्थ।
शुन्यताको गोधुलीमा,'रोशनी'को दियो खोज्ने,
आखिरीमा पुग्या मेरो,सासको खै! के अर्थ।
रोशन खड्का। सहरे 8 दोलखा।।