उनकै शुन्दर प्रतिबिम्ब,हेर्दै छु म आज ।।
भक्कानिदै एउटा गजल,केर्दै छु म आज ।।
उनकै पछी हरपल,कुद्ने यो मष्तिस्क,
काँडे तार र जन्जिरले,घेर्दै छु म आज ।।
हजारौ ति चोटले गर्दा,घायल भो मुटु ,
घायल भाको यो मुटुलाई,सेर्दै छु म आज ।।
उस्को शिउदो रातो भयो,पराईको साथ,
बदलामा सेतो पहिरन,बेर्दै छु म आज ।।
उनी आउने त्यो आश बोकी , धेरै तड्पिरहे,
यतिकैमा अन्तिम सास,फेर्दै छु म आज ।।
उनकै शुन्दर प्रतिबिम्ब,हेर्दै छु म आज ।।
भक्कानिदै एउटा गजल,केर्दै छु म आज ।।
आरके थापा बोच,दोलखा
हाल साउदी , अरब