बाबु आमाले प्रेम अस्विकार गरेपछि दुबैले गरे सामहिक आत्माहत्या


काठमाण्डौ फागुन  ११, 

बाबु आमाले आफूहरुको प्रेम नस्वीकार्ने डरले एक किशोर प्रेमी जोडीले आत्महत्या गरेका छन् ।
चार दिनअघि मंगलबार हिउँ खेल्न भनेर घरबाट निस्किएका कुसापानी–८ पानीपोखरीका १४ वर्षीय चेतन अधिकारी र सोही गाविस–९ की १४ वर्षीया भावना चापागाईंले सामुहिक रुपमा आत्महत्या गरेका हुन् ।

उनीहरुबीच एक वर्षदेखि प्रेमसम्बन्ध थियो । उनीहरु महादेव माध्यमिक विद्यालय कुसापानीमा कक्षा १० मा पढ्थे । घरबाट ३ दिनदेखि हिउँ खेल्न भन्दै लेकमा पुगेका उनीहरुलाई बिहीबार कुसापानीको दालीखर जंगलस्थित उत्तीसको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको हो ।(sr-nepalbritain)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com