इज़रायल माघ २०,
छोरीको बिहेको निम्तो बाँड्न हिँडेका एक व्यक्तिको हत्या भएको छ । माघ २२ गते हुने छोरीको बिहेको निम्ता बाड्न आफन्तकहाँ हिडेका भक्तपुर सिरुटार ७ का ४५ वर्षीय रामेश्वर राउतको घर नजिकै विभत्स हत्या भएको हो ।
राउतको शव शनिबार बिहान फेला परेको हो । परिवारलाई बिहेको सामाग्री तयार गर्न लगाएर बिहेको निम्ता बाड्न र विवाहका लागि अवश्यक रकमको तयारी गर्न शुक्रबार बिहान घरबाट निस्किएका राउतको शव घरबाट करिब १ किलोमिटर पर उत्तरतर्फ हत्या गरिएको अवस्थामा परिवारले फेला पारेको हो ।
शुक्रबार घर नफर्केपछि र फोन समेत सम्पर्क नभएपछि खोज्न निस्किएका उनका परिवारले दधिकोट गाविस ८ चित्रपुरमा गहुँ खेतमा ढलका लागि प्रयोग हुने सिमेन्टको हिम पाईप भित्र जलेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकका दाई रामभक्त राउतका अनुसार शुक्रबार बेलुका सवा पाँच बजे राउतले फोन गरेर आफू ग्वार्कोमा रहेको र पैसा दिनेहरुसँग बिवाद भएको जानकारी दिएका थिए ।nepalbritain;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै