नेपाली नया बर्ष २०७० को अबसरमा "खाडीन्युज बम्पर उपाहार कार्यक्रम"


 कुवेत फागुन १३,

भाईराम चौलागाई : कुवेत सिटी,फेब्रअरी २२। कुवेतको नेपाली समाजमा बिगत केहि समयदेखी नेपाली संघ संस्थाहरु सक्रिय रहेका छन्।

साप्ताहिक रुपमा गोष्ठी ,भेला अधिबेसन,चियापान कार्यक्रम, सास्कृतिक कार्यक्रम फुटबल र भलिबल प्रतियोगिता त कुवेतको नेपाली समाजमा सामान्य नै भै सक्यो। नेपाली समाज सक्रिय भै आम प्रबशिलाई समेट्दै विभिन्न कार्यक्रम गरि आपसी भाईचारा कायम गरि परदेशमा पनि घरदेशको झल्को दिनु अतिनै सबल पक्ष हो।

यस्तै नेपाली नया बर्ष २०७० को अबसर पारेर आइ.पी. भट्टराईको  सक्रियतामा खाडी न्युज आयजोक रही "खाडीन्युज बम्पर उपाहार" कार्यक्रम हुने भएको छ। नाफा (फाइदा ) को उदेश्यले नभई साथीभाई माझ रमाईलो गरि नया बर्ष मनाउन आयोजना गरेको कार्यक्रममा टिकट सिमित मात्रामा  रहेको र टिकट शुल्क (टिकटको मुल्य) १० के डी  रहेको आयाजोकले जानकारी दिएको छ।

बम्पर उपाहार कार्यक्रम अप्रिल १९ तारिक २०१३ शुक्रबार फर्वानिया पार्क कुवैतमा  दिउसो १ बजे बाट सरु हुने छ। र उक्त दिन कुवेतमा सक्रिय संघ सँस्था हरुले कुनै पनि कार्यक्रम नराखी दिन आयजोकले बिनम्र अनुरोध गरेको छ।

 "खाडीन्युज बम्पर उपाहार" हरु निम्न अनुसार रहेका छन् :

प्रथम पुरस्कार           मित्सुबिसी लन्चर 2002 मोडल (सेकेन्ड ह्यान्ड)
दोस्रो पुरस्कार            सैमसंग ग्यालेक्सी नोट 2
तेस्रो पुरस्कार            सुन 10 ग्राम
चौथो पुरस्कार            सुन 5 ग्राम
पाचौ पुरस्कार            एलसीडी टीवी '२४'
छैठौ  पुरस्कार           कैमरा
सान्त्वना पुरस्कार        डीवीडी प्लेयर
सान्त्वना पुरस्कार        डीवीडी प्लेयर
सान्त्वना पुरस्कार        डीवीडी प्लेयर
सान्त्वना पुरस्कार        डीवीडी प्लेयर


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com