जनजागृति युवा समाज कुबेतको प्रथम अधिबेसन सम्पन्न


कुवैत फागुन १३,

भाईराम चौलागाई : कुवैत सिटी फेब्रअरी २३। जनजागृति युवा समाज कुबेतको प्रथम अधिबेसन शुक्रबार कुवैत सिटी स्थित सालिया टावरमा नया कार्य समिति चयन गर्दै सम्पन्न भएको छ। सो सँस्थाका अध्क्षय दिपक क्षेत्रीको सभापतोत्वोमा सम्पन्न कार्यक्रममा प्रमुख अथिति  मरुभूमिको कोशेलीका प्रधान सम्पादक तोयानाथ दाहाल रहेका थिए । 

प्रबेक्षकमा  खाडी न्युजका प्रधान सम्पादक भाइराम चौलागाई स्थानीय मिडिया कर्मी   नबराज पन्थी र मनोज काफ्ले रहेका थिए। अत्यन्तै शान्त बाताबरणमा सम्पन्न कार्यक्रम  राष्ट्रिय गान बजायर औपचारिक रुपमा  शुरु गरिएको थियो। जनजागृति युवा समाज कुबेतका उपाध्क्षय ठाकुर प्रसाद पौड्यालले स्वागत मन्तब्य दिदै सँस्थाले बिगतमा सम्पन्न  गरेका कार्यमा प्रकाश पर्नु भएको थियो।

जनजागृति युवा समाज कुबेतका अध्क्षय दिपक क्षेत्री बिगतमा गरेका कार्यको समिक्षा गर्दै भाबी योजनाहरु  १० बुदे घोषणापत्र प्रस्तुत गर्दै भोलिका दिनमा सँस्थाका कार्य हरु राहत उदार सहयोग  चुस्त रुपमा सम्पन्न गर्न को लागि १०००कुवैत डिनर को  अक्षयकोषको स्थापना गर्ने बताउनु भएको थियो। भने कोषाध्यक्ष छत्र कार्कीले स्थापना कालदेखि २०१२ सम्मको आर्थिक गतिबिधि अत्यन्तै पारदर्शी रुपमा प्रस्तुत गर्नु भएको थियो। सहमति बाट नया नेत्रित्वोको घोषणा प्रमुख अथिति तोयानाथ दाहालले गर्नु भएको थियो। कार्यसमितिमा खासै फेरबदल भएको छैन।नया कार्य समिति निम्न अनुसार रहेको छ।

अध्क्षय: दिपक क्षेत्री
उपाध्क्षय: छत्र कार्की
महासचिब: आनन्द आचार्य
सचिब: जिबन सुनार
कोषाध्यक्ष: आश बहादुर नेपाली
सदस्यहरुमा: प्रदिप नेपाली, कृष्ण सुनार, मिरा पौड्याल,भिम केसी, सन्तोस सुनार, केदारनाथ खरेल, प्रेम लिम्बु, कुमार नेपाली, कृष्ण मल्ल, राजेन्द्र श्रेष्ठर, राम बहादुर तामाङ्ग र  शुष्मा राई।
संरक्षक: ठाकुर प्रसाद पौड्याललाई 
कार्यक्रम संयोजक:टिकाराम आचार्य 
सल्लाहाकार : राजन रिमाल

धरै संघ संस्थाको बिचमा छुटै पहिचान भएको जनजागृति युवा समाज कुबेतले नेपाली समाज कुवेतका लागि सम्पन्न गरेका कार्य हरु प्रसंशा योग्य र नया कार्यक्रम हरु अहिलेको समयमा अतिनै  सान्दर्भिक छन्। प्रबाशी हरुलाई  सचेतना यहाका चुनौतीका  बिषयमा  सु-सुचित गरि नेपाली समाजसग हातेमालो गर्दै निरन्तर लागिरहोस। हाम्रो तर्फबाट  नया कार्य समितिलाई कार्यकाल सफलताको शुभकामना। 




Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com