कन्यालाई यसरि बलि दिइन्थियो

  माघ २३, 

यस्तो समय पनि थियो, जुन समयमा बिभिन्न धार्मिक अनुष्ठानमा केही न केही चीजको उत्सर्ग गरिन्थ्यो, अथवा बले चढाइन्थ्यो। यो केही भनेको अर्थात केही भन्ने शब्दले युवा प्राणीलाई सम्बोधन गर्दथ्यो, अथवा युवा बर्ग हुने गर्थे। 

प्राणीमा पनि जस्तो तस्तो कहाँ हो र! जस्तै एकबारको जिन्दगी बनाउने मान्छे वा मान्छेमा पनि त तह र स्तर हुन्छ, ठुलो र सानो जातको। छोटो जातको मानिस भन्नाले स्त्री जाती आउँछन - स्त्रीहरुमा पनि जवान केटीहरु । कुमारी केटीहरुलाई आफ्नो र इस्वारको कल्याणको खातिर ज्यूँदै बलि चडाइन्थियो ।

ग्रिसकी उर्वरा, विवाह एवं प्रजननकि देवी आर्तेसिस एक पटक आगामेमन सित अप्रसन्न भइन । उनले त्यसको प्रायास्चितको निम्ति आगामेमन को पुत्री इफ्जेनियालाई मारिन । इफजेनियाको बलि दिने बेलामा आर्तेमिसले (इफ़र्जेनिव साटो) एउटा हरिणको भोग मागिन र इफजेनीय बनि आर्तेमिसको मन्दिरकी छेउकि देउकी हुन् र बलि दिनुमा कुनै अन्तर थिएन । 

ट्रायाको राजा प्रियासिकी छोरी पालिका सेनाको एकलीसंग विहेको कुरा छिनिएको थियो । ट्रायाको विधबंस एकलिसको मृत्यु भएको हुँदा पछि उसको प्रेतात्माको लागि बलि दिइन्छ , त्यो पनि केवल स्त्रीको ।

अनिकाल एवं महामारी फैलंदा एथेन्स्वासिहरु एउटा देव वाणीको आदेश मान्दथे र गेरिसटस साइक्स्लप्को समाधिमा हेसिथनस्का कन्याहरूको बलि चडाइनथियो । यसैगरी एक पटक लोक्रिस बाट कुमारी केटीहरु एथेनाको मन्दिर का पुरोहितको लागि दासी बनाएर पठाइयो । पछि तिनीहरुको हत्या गरियो । देवता देखि प्रेतात्मा सम्म सबै कुमारी कन्याको रगत पिएर मात्र सन्तुस्ट हुन्थे । युद्धका देवतालाई सन्तुष्ट पार्न देशका राजा मात्र ले होइन जनताले पनि कुमारीहरुको बलि दिन्थे ।

केवल प्राचिन गरिकमा मात्र होइन , केलटिक समाजका पुरोहित दुइद हरु पनि देवतालाई खुशी पार्न कुमारी कन्याको बलि दिन्थे । प्राचिन युरोपको दक्षिण पश्चिम क्षेत्र , वेल्स आयरल्याण्डको बलि दिने प्रसंग वाइवल्मा पनि भेट्न सकिन्छ । दक्षिण भारतमा शक्ति  शाधन गर्ने एउटा पद्धतिको रुपमा कालिका देवीलाई कुमारी बलि दिने घटना निकै प्रचलित थियो । कसैलाई रोग मुक्त हुनु  भाकलका रुपमा कालिका देवीलाई कुमारी देवी बलि दिने घटना निकै हुन्थे । पन्जाबको कांगडा क्षेत्रमा हरेक बर्ष बुदो सल्लाहको रुखमुनी एउटी कुमारी कतिको भोग चडाइनथियो । नाङ्गै केटीलाई खेतमा लगेर हत्या गर्नाले खेतको उब्जाउ शक्ति बढ्छ भन्ने विस्वाश संसारका कैयौ जातिमा थियो । कुमारी कन्याको आत्माहुतिले सुख्खा तलाउमा पानी भरिन्छ भन्ने धारणा पठान कोटको नजिकै रहेको चम्पावाती शहरमा थियो । 

नील नदीको पानी बढोस भनेर प्रति बर्ष एउटी कुमारी कन्यालाई त्यस नदीमा दुबाइन्थियो । नील नदीको फैलावाट हेर्ने सोभाग्य मलाइ प्राप्त भएँ , मलाइ थाहा हुन् सकेन कि प्रति बर्ष एक कुमारीको भोग खाएर त्यो नदीमा पानी छताछुल्ल हुन्थियो । 

मिश्रका प्राचिन अभिलेख हरुमा पनि हरेक बर्ष एउटा युवक र युवतिको बलि दिने गरिएको घटना बर्नन भएको पाइन्छ ।  ग्रेट बनिनकी एउटी केटीलाई शुरुमा झुन्ड्याएर कोर्राले हानि हानि हत्या गरिएको थियो । त्यस पछि के निर्णय गरियो भने केटि रुखमै झुन्डिरहने छ । गिद्ध हरु उसलाई लुछी लुछी खाने छन् । यो कतिको हत्या गर्ने अभिप्राय देव कृपा पाउने उदेश्य हुन्थियो ।

महामारी फैलंदा " चिपोया" जातिका मान्छेहरु यो आफ्ना पापले गर्दा भएको हो भने ठान्दथे । यस पापबाट मुक्ति पाउन र महामारी बाट बाच्न कनिलाकी सबभन्दा सुन्दर केटि लाइ पानीमा डुबाएर मार्दाथे । 

१९ औं शताब्दीमा दैत्य देवी पेथी समक्ष कुमारी कन्याको भेटि चडाइन्थियो ।  पेथी आग्नेय गिरि किल्लोनुरकी देवी थिइन । बलिको नियम ज्वालामुखीको लाभा निस्केको ठाउँमा कुमारीलाई फ्याकिन्थियो । 

माल्भिप्स्का मानिसको के विस्वाश थियो भने हरेक महिना एउटा भूत असंख्य बत्ति बालेर एउटा जहाजमा अघि बढ्दै दीप्तिर आउँछ । उसलाई देखे पछि कुनै कुमारी केटीहरुलाई दुलही झैं सजाएर समुन्द्र तट को मन्दिर मा छोडेर आउथे । अर्को दिन त्यो केटि मृत अबस्थामा भेतिन्थी । पुर्व भारतीय दीप समुहका वासिन्दा हरु कुमारीका राजदुतलाई खुशी पार्नको लागि पनि यहीं पद्धती अपनाउदथे । 

प्राय: सबै आदिम असभ्य जातिहरु कन्या शिशुको हत्या गर्दथे । राजदुतहरु पनि यस्तै गर्ने गर्दथे । अरबमा कन्या शिशुलाई जन्मन साथ् ज्यूँदै पुर्दठे । केन्य प्रदेशका अरबहरु बालक छोरीलाई पांच बर्षकी भए पछि उसकी आमालाई भन्दथे - अब छोरीलाई सुगन्धित लेप लगाइदेउ । आज उ आफ्नी आमाको घर जान्छे । यसको अर्थ हुन्थियो अब केटीलाई कुवामा फ्याकिने भो । 

 
कुरेश बाँसका मानिसह हरु मक्काको नजिकमा रहेको आबुदेलाको पहाडमा आफ्नी छोरीको हत्या गर्दथे । अस्ट्रेलियाका असभ्य जातिहरु पनि कुमारी कन्यालाई पृथ्वीमा गाडेर भुदेविलाई प्रसन्न गराउदथे । उसको चिहानमा गाउँका मान्छेले आफ्नो खेतमा लगाउने खेतीको बिउ छर्दथे । उनीहरुको मान्यता के थियो भने यो केटि देवता बनेर त्यस जीवमा प्रवेश गर्ने छ र खेति राम्रो हुनेछ । 

चीनको प्राचिन पबित्र नगर "फिकिन" (पेइचिङ्ग) को घटन्ता निर्माणको परिस्थ भूमिमा पनि कन्याको बलिदानको कथा छ । त्यस घटनाको लागि कालिगडकि छोरीलाई बलि दिन बाध्य बनाइएको थियो । जर्मनीमा तरवार बनाउनको लागि फलाम तताउंदा पहिलो पटक नछुने भएकी कन्याको राजस्रव प्रयोग गर्ने गरिथियो । जापानमा हरेक बर्ष एउटा बिशेस समाहरोमा एकै पटक स्त्री एवं पुरुषको बलि दिइन्थियो । "प्युबरटि राइट्स "  नामक चाडमा एउटी कुमारी केटीलाई बिचित्र पोशाकमा सजाइन्थियो र उत्सवमा भाग लिने व्यक्तिहरुले पालै पालो सम्भोग गर्दथे । मंगलौच्चरण तथा बाजा बजाएर कोलाहल गर्दै त्यस केटीलाई अन्तिम सम्भोग गर्ने केटा युबक चुनिन्थियो र मैथुनाबस्थामै कुनै बस्तुले च्किचिन्थियो । बाजाको स्वर एवं सबैको उल्लासमय हलाले गर्दा तिनीहरुको क्रन्दन दब्दथियो । त्यस पचिः दुवै सव लाइ टुक्रा टुक्रा पारि पोलेर खाइन्थियो । पपुआ न्युगीनिका आदिवासी हरु पनि कन्याको भोग चडाउदथे । 

बलि दिएको सव लाइ पोलेर खाने प्रथा मेक्सिकोका रेड इन्डियनहरुमा पनि थियो । अफ्रिकाका बिभिन्न कबिला हरुमा नयाँ राजाको राज्याभिषेक गर्दा यसै अग्री बलि दिइन्थियो । सम्भोगाबस्थामा किशोर-किशोरीहरुलाई आगोमा पोलेर खाल्टामा हालिन्थियो ।

 आज्टेक जातिकी "भुट्टो देवी " नामक यिकोबोकोहयातल " थियो ।  प्रति बर्ष उसको पूजा हुन्थियो । पूजाको सात दिन अगाडी बाटै भक्तहरु उपबास बस्दथे । पुजाको पूजारी घरकै एउटी कुमारी केटि भुट्टो देवी को रुपमा सजाइन्थि । त्यो देवीलाई मनिद्र्मा अनेक प्रकारका अनुष्ठान गरिथियो र पछि पुरोहितले त्यस केटीलाई घाटी छिनालेर टुक्रा पारि अन्नका थुप्रामा फ्याँदथे । तत्पश्चात एउटा पुरोहित एउटा त्यस देवीको कपडा सितै केटीको छाला काडेर आफ्नो सरिर्मा लगाउदथे र भक्तहरुका साथमा नाच्न थाल्दाथे । 

पार्वान जातिमा पनि कुमारी बलिको प्रचन थियो । उनीहरु कुमारी केटीहरुलाई घर घर घुमाउथे र पछि फांसीको फ्रेम मा बाद्दथे । पछि उसलाई आगोमा जलाइन्थियो र तीरले हानेर प्राण हरिन्थियो । त्यस पछि मुख्य पुरोहित अघि बढ्दथियो र उसको मुटु कलेजो लुछेर खान्थियो ।  शरीर बाट चुहेको रगत का थोपाहरु छरिएका बिउ हरुमा छरिन्थियो ।  लागस नामक क्षेत्रमा फल प्राप्तिको आशामा कुमारी कन्यालाई भेडा , बाख्रा , केरा , आलुका साथै एकै पंतिमा सुलीमा झुण्डाइनथियो । 

प्राचिन कालमा यस पृथ्वीको धेरै भागमा समाजका बिचित्र नियाँ अनुसार कुमारीहरुको बलि दिइन्थियो । कहिले सन्तान प्राप्तिको कामनाले हत्या गरिन्थियो कहिले धर्तीलाई मलिलो बनाएर राम्रो उब्जाउ गराउने उदेश्यले बलि चडाइनथियो । कहिले नदि वा कहिले जलदेवाताको सन्तुष्टिका लागि त् कहिले कबिला हरुलाई महामारी बाट बचाउनको लागि । कहिले दुष्ट ग्रह बाट शान्ति पाउनका लागि त् कहिले युद्धमा बिजय पाउनका लागि । 

अहिले हामी अह्रु संसारलाई आधुनिक समाजको केटि हरुको बलि चाडै रहेको छैन ? यत्ति हो कि आज उसले ज्यूँदो गाडिनु र आगोमा पोलिनु परेको छैन तर यहाँ का जीवित केटीहरु भाला कति जीवित छन त् ?  केटीहरु आफै भित्र आफ्नै लाश बोकेर हिडिरहेका छैनन् र ?  पुराना दिनका बलि प्रथा हरु सायद अहिले  भन्दा कम कष्टदाई थिए , किनकी त्यति खिएर कमसेकम निरन्तर कष्ट बोकेर हिड्न त् पर्दैनथियो । मृत्यु छिनमै मुक्ति हुन्थियो । अहिले मुक्ति होइन , अहिले त् मृत्युको साथ् साथै ज्युँनु  परिरहेको  छ  । यो पनि युएता विचित्रकै बलि नै हो । 


स्रोत : तसलिमा नसरिनको पुस्तक बिग्रेको केटी "नारी भोज " बाट !

(सन्दर्भ : पश्चिम बंगालका मार्क्सवादी लेखक दिनेनद्र कुमार सरकारको मानव सभ्यता मा कुमारी बलि) 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com