गजल : By, आरके थापा



हाम्रो घरको खरको छानो फेर्नु पर्ने भाछ ।।
चारै तरफ काँडे तारले घेर्नु पर्ने भाछ ।।

यत्रतत्र उम्रीयका फूलका बोटलाई या ,
जोगाई राख्ने एउटा माली हेर्नु पर्ने भाछ।।

कती बस्नु रुमालिदै पुर्खेउलीको तालमा ,
परीवर्तन ल्याउने मार्ग केर्नु पर्ने भाछ ।।

भोका छनकी नाङ्गा छन के छ तिनको मर्म ,
दिन दुःखीको आवाज अब टेर्नु पर्ने भाछ ।।
घर बिगारी परीवार भाड्ने ति चोरलाई ,

हामी सबले घाटी समाई सेर्नु पर्ने भाछ ।।
हाम्रो घरको खरको छानो फेर्नु पर्ने भाछ ।।

चारै तरफ काँडे तारले घेर्नु पर्ने भाछ ।।
हामा नेतालाई चेतना भया !!

आरके थापा , बोच-दोलखा
हाल साउदी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com