हो तिमीले दिनु हुन्नथ्यो!
तर दियौ, मैले लिएँ,
तसर्थ
आज अल्झेको छु
धर्ती भन्दा माथी र आकाश भन्दा मुनि।
देह बिहिन आत्मासरि
तिमीले दिएको तस्बिर…
तिम्रो तस्बिर हेरेर म स्वास फेर्दछु,
नहेरै र पनि त प्रत्येक पल हेर्दछु,
किन होला मन्त्रमुग्ध दृष्य तिम्रो तस्बिरमा?
निर्जिब तर सधैं सजीब छ तिम्रो तस्बिर,
म कहिं भ्रममा त छुईन?
म कहिं पागल त भैइन?
अहँ म हुनै सक्दिन,,,
तिमी मेरी हैनौ,
तिमी म सँग छैनौ,
चाहेर पनि मेरो हुनै सदैनौ,
तर पनि,,
तर पनि,,
यो मगज
यो मन
यो तन
तिमीमै समाहित जस्तो,
तिम्रो तस्बिर मेरै छाँया जस्तो))
तिम्रो तस्बिरको त्यो रँगीन आइफल बाट सन्ध्याको
रँगीन ईन्द्रेणीले मन्त्र मुग्ध म
हरेक पल सपनाको ताजमहल खडा गर्छु,
हरेक कल्पना भरि तिम्रो तस्बिरसँग
उत्तेजनाको पिरामिड चढ्दै ओर्लैद गर्छु!
तरै पनि
तिम्रो म र,
म तिम्रो
कहिल्यै हुन सकेनौ।
तस्बिरमा मन बुझाउन अनुमती दियौ
म पनि तिम्रो ईच्छा र आकंक्षाको
पहाडहरु भत्काउन चाहन्न,
समर्पनमा पो प्रेम हुन्छ
समर्पनमा चाह रुन्छ
चाह रुएपो मन छुन्छ
चाह बिनाका तिम्रो प्रेमलाई
म पनि त स्विकार्न सक्दिन!
तसर्थ…..
म कहिल्यै रोक्दिन म।
तिमी खुशीको साथ जिबन
उत्सर्गहरु मनाउ!
तिम्रो हरेक उत्सर्ग भित्र मेरा खुशी हुनेछन
मेरा माया हुनेछन।
म आफ्नै मस्तिष्क भित्र बन्दी हुनेछु
त्यसैले उत्सर्ग मनाउ।
तिमी उत्सर्ग मनाउ।।
बिजे "बिद्रोही" राई
भोजपूर : हाल, मेडिटेरियनको किनारमा !