ललितपुर, माघ २०,
ललितपुरको बुङ्मतीमा २१ जनामा हात्तीपाइले रोगी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत आजबाट मुलुकभर ५६ जिल्लामा यसको औषधि खुवाउन सुरु गरिएको छ।
अभियानका क्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत बालकृष्ण भुसालका अनुसार स्वास्थ्यचौकी वरिपरिकै क्षेत्रमा हात्तीपाइले रोगबाट पीडित भेटिएका छन्।
तीनदिने सो अभियानमा दुई वर्षमाथिका मानिसलाई औषधि खुवाइनेछ। दुई वर्षदेखि पाँच वर्षसम्मकालाई १ डिइसी र १ अल्बेन्डाजोल चक्की खुवाइनेछ।
यसैगरी ६ देखि १४ वर्ष उमेर समूहकालाई २ डिइसी र १ अल्बेन्डाजोल चक्की र १५ वर्षभन्दा माथिकालाई ३ चक्की डिइसी र १ चक्की अल्बेन्डाजोल खुवाइनेछ।
हात्तीपाइले (फाइलेरिया) सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको उच्चेरेरिया बान्क्रोफ्टी नामको परजीवीबाट लाग्दछ। यो परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ।
विश्वका करिब ८३ मुलुकका १२ करोड मानिस यो रोगबाट पीडित रहेका छन् भने करिब एक अर्बभन्दा बढी यो रोगको जोखिममा रहेको बताइन्छ। कुष्ठरोगपछिको अपाङ्ग बनाउने दोस्रो ठूलो रोगका रुपमा हात्तीपाइले रोगलाई लिइन्छ।
नेपालमा २८ हजार १३५ जना यो रोगबाट पीडित रहेको पाइन्छ। विशेष गरी मोरङ जिल्लामा सबैभन्दा बढी चार हजार ४७० यो रोगबाट पीडित रहेका छन्। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै