वीरगन्ज, फागुन १४,
पर्साका सहायक प्रमुख जिल्ला अधिकारीका अङ्गरक्षकमाथि गोली प्रहार गरी हत्या गरिएको आरोपमा फरार एक जना अभियुक्तलाई आज प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा सुखीपथरा गाविस-८ का भूलनकुमार पासवान रहेको प्रहरीले जनाएको छ।
अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जको सक्रियतामा जिल्ला प्रहरी कार्यालय बाराको अपराध नियन्त्रण टोलीले पासवानलाई पक्राउ गरेको हो।
वीरगन्ज उपमहानगरपालिका रानीघाटस्थित सरकारी निवासबाट कार्यालय जाने क्रममा पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्ललाई लक्षित गरेर अज्ञात व्यक्तिले प्रहार गरेको गोलीबाट उनका अङ्गरक्षक प्रहरी जवान अनन्तराज खड्काको मृत्यु भएको थियो।
उक्त घटना भएको झन्डै तीन वर्षपछि प्रहरीले पासवानलाई पक्राउ गर्न सफल भएको हो। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै