काठमाडौं, फागुन १४ ,
गिनिज वर्ल्ड रेकर्डले छुरिम शेर्पालाई एकै सिजनमा दुई पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला भएको घोषणा गरेको छ। सोमबार उनलाई गिनिज वर्ल्ड रेकर्डले प्रमाणपत्र प्रदान गरेको छ।
८ हजार ८ सय ४८ मिटर उचाईको सर्वोच्च शिखरमा उनी गत मे १२ मा पुगेकी थिइन्।
त्यसलगत्तै सगरमाथा आधार सिविर फर्केकी उनी एक सातापछि नै चुचुरोमा पुगेकी थिइन्।
'यो पहिचानले मलाई खुशी तुल्याएको छ।
यो उपाधी नेपाली महिलाको हातमा नै हुनुपर्छ भन्नेमा म प्रतिवद्ध थिएँ र यसमा गौरव गर्छु,' २९ वर्षीय उनले भनिन्।
सगरमाथा आरोहण गर्ने पहिलो महिला पासाङ ल्हामु शेर्पाको सन् १९९३ मा आरोहणपछि ओर्लनेक्रममा मृत्यु भएको थियो।एएफपी;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै