नेपालीलाई कोरियामा पुरस्कारै पुरस्कार

 सउल (दक्षिण कोरिया) फागुन १७ ,

मीनप्रकाश उप्रेती: दुई बर्षदेखि कोरियामा माहुरी अनुसन्धानमा लागेका काठमाण्डौ बौद्धका डा. रत्न थापालाई कोरियामा पुरस्कार थाप्न भ्याई नभ्याई छ । दिनहुँ बिहान आठ बजेदेखि साँ‌‌झ छ बजेसम्म उनी माहुरीको अनुसन्धानमै ब्यस्त हुन्छन । यसबाट पाएको उपलब्धिमा थापा मख्ख छन ।

सबै उपकरणले भरिएको कोरियामा बसेर नेपालमा उपयोगी हुने माहुरी अनुसन्धान गर्न पाउनु राम्रो अवसर भएको थापा बताउँछन । यसअघि थापा थाईल्याण्डमा कृषि wबिषयका प्राध्यापक थिए । उनको दक्षताको कदर गर्दै कोरियाली सरकारले अनुसन्धानको लागि कोरिया बोलाएको थियो ।

कोरियमा माहुरीको उत्पादन सन २००७ देखि ह्रास हुँदै गएपछि कोरियन सरकारले त्यसको अनुसन्धानमा जोड दिन थालेको थापा बताउँछन । हाल नब्बे प्रतिसत मृत्युदरलाई घटाएर दस प्रतिसतमा झारेकोमा तीन जाना कोरियन नागरिक संगै डां .थापालाई “Excellent Scientific Contribution to Korean Apiculture” ले सम्मान गरिएको छ ।

Department of Agricultural Biology, National Academy of Agricultural Science, RDA, Suwon, South Korea ले थापा लगाएतको टोलिलाई सम्मान गरेको हो । थापाले दुई बर्षको अबधिमा कोरियन सरकारको आधा दर्जन बढि सम्मान, अवार्ड र पुरस्कार पाईसकेका छन । थापा नेतृत्वको उक्त टोली अहिले रानी माहुरीको संख्या कसरि बढाउन सकिन्छ भन्ने अनुसन्धानमा लागेको छ ।

नेपालमा माहुरी उत्पादनको धेरै सम्भावना रहेको थापा बताउँछन । ” यहाँ अनुसन्धानबाट प्राप्त सीप र ज्ञान नेपालमा लगानी गर्ने छु’ थापाले नेकोखबरसँग भने-’ लामो समय यहीँ बसेर अनुसन्धानमा सघाउन कोरियाले अनुरोध गरेको भएपनि म नेपाल नै फर्कन चाहान्छु, उहाँहरुको प्रस्तावलाई मैले अस्वीकार गरिसकेँ ।’

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com