तनहुँ, फाल्गुन १७ ,
पूर्ण बिके : अत्यधिक रक्तस्रावका कारण भिरकोट १ की १७ वर्षीया सुत्केरी बलिसरा थापासहित नवजात शिशुको मृत्यु भएको छ ।
सुत्केरी गराउने क्रममा क्षेत्रीय अस्पतालमा मंगलबार मृत्यु भएको मृतकका ससुरा कृष्णबहादुर थापाले बताए ।
उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकले समयमै अस्पताल नल्याएकाले आमा र शल्यक्रिया गरी निकालिएकी नवजात छोरी दुवैलाई बचाउन नसकिएको बताए । 'रगत बढी बगेकाले आमाछोरी दुवैलाई बचाउन सकिएन,' चिकित्सकको भनाइ उद्धृत गर्दै कृष्णबहादुरले भने ।
कृष्णबहादुरले सुत्केरी बेथा लागेपछि थापालाई आइतबार दमौली अस्पताल लैजाँदै गर्दा अत्यधिक रगत बगेको बताए । दमौली अस्पतालका चिकित्सकलेसमेत शरीरमा रगत कमी भएकाले रगत दिनुपर्ने भन्दै पोखरा लैजान भनेपछि पोखरा लगेको उनले जानकारी दिए ।
उनले नियमित सवारी नचल्ने भएकाले समयमै बुहारीलाई अस्पताल लैजान नसकेको बताए ।
मृतक वलिसराका श्रीमान् रेखिराम ७ महिनादेखि रोजगारका सिलसिलामा मलेसियामा छन् । रेखिराम र वलिसराको गत जेठमा विवाह भएको थियो ।(इकान्तिपु)
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै