पानीट्याङ्की (मोरङ), फागुन १७,
उत्तरी मोरङका सामुदायिक वनहरुबाट काठ चोरी तस्करी हुनेक्रम बढेर गएको छ।
गत शनिबार २२ क्युविक काठ र ट्रक पक्राउ परेको घटना सेलाउन नपाउँदै इलाका वन कार्यालय सलकपुरको गस्ती टोलीले मङ्गलबार उत्तरी मोरङको विभिन्न सामुदायिक वनबाट काठ चिरानी गर्ने औजार, सखुवाको चिरानी काठसहित एउटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
तस्करी भने फरार छन्।
यसैबीच वन गस्ती गरी फर्कने क्रममा मङ्गलबार नै केराबारीको हजारबिघा सामुदायिक वनबाट सखुवाको चिरानी काठ लोड गरी सुनसरीको पानवारा लाँदै गर्दा को१त ७९१० नम्बरको ट्र्याक्टरसहित तीन जनालाई नियन्त्रणमा लिएको वन कार्यालयका रेन्जर हरिहर यादवले बताउनुभयो।
पक्राउ पर्नेमा सुनसरी पाचकन्या- १ का प्रदीपकुमार थापा यागशिला- ८ का मुकुन्द सीग्देल, गाडी चालक मृगौलिया- ३ का बाबुराम खवास रहेका छन्।
विशेष सूचनाको आधारमा ट्र्याक्टरलाई पछ्याउँदै जाँदा केराबारी- ७ डागीबाट काठ र ट्र्याक्टर नियन्त्रणमा लिएको वन कार्यालय सलकपुरका अधिर्कत हरिहर यादवले जानकारी गराउनुभयो।
यसअघि गत शनिबार पनि एउटा ट्रक र २२ क्युविक काठसहित इलाका प्रहरी कार्यालय बेलबारीको गस्ती टोलील्ो काठ लोड गर्दागर्दै नियन्त्रणमा लिएको थियो।
भोगटेनीको साइडाडालगायत उतरी मोरङको विभिन्न्ा सामुदायिक वनबाट माघ र फागुन महिनामा मात्र चार वटा गाडी र ठूलो परिमाणको काठ बरामद गरिएको छ।
वन कार्यालय सलकपुरले मात्र चालु वर्षको सात महिना यता विभिन्न्ा समयमा १४ वटा गाडी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि पठाएको वन अधिकृत हरिहर यादवले जानकारी गराउनुभयो।
उत्तरी मोरङको जाँते, केराबारी, बेलबारी, पथरी, टाँडी, भोगटेनी उर्लाबारी, पाटीगाउँ गाविसमा बहुमूल्य सखुवाका काठ पाइने भएकाले चोरीतस्करी बढी हुने गर्दछ।
सामुदायिक वनबाट ठूलो परिमाणमा काठ र सवारीसाधन बरामद गरिए पनि तस्करहरु कहिँल्यै पक्राउ नपर्नुमा वन पदाधिकारी र वन कर्मचारीको मिलेमतो हुने स्थानीयवासी बताउँछन्। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै