काठमाडौं, फागुन १६ ,
आन्दोलनरत अखिल नेपाल शिक्षक सङ्गठन र अनेरास्ववियु (क्रान्तिकारी) ले बिहीबारका लागि घोषणा गरेको काठमाडौँ उपत्यकाका विद्यालय बन्दको कार्यक्रम एसएलसी परीक्षाको तयारीलाई ध्यानमा राखेर फिर्ता लिएका छन्।
ललितपुरको डिएभी सुशील केडिया विश्वभारती उमाविले हटाएका तीन शिक्षकलाई पुनःबहालीको माग गर्दै आन्दोलनमा रहेका ती सङ्गठनले विद्यालय बन्दको घोषणा गरेका थिए।
शिक्षा पत्रकार समूहद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा शिक्षक सङ्गठनका वरिष्ठ उपाध्यक्ष लालबहादुर बिसीले सरोकार भएकाहरुको आग्रह र बालमनोविज्ञानलाई सम्बोधन गर्दै हाललाई बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी दिए।
उनले भारतीय सम्बन्धनको पाठ्यक्रमलाई बिनाअनुमति सञ्चालन गर्ने नीति खारेज नभए आगामी चैत १५ पछि कडा आन्दोलन गर्ने चेतावनी दिए।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै