सोलुखुम्बु भारी हिमपात, जनजीवन प्रभावित


 सोलुखुम्बु, फागुन ६ ,

जिल्लाको पर्यटकीय क्षेत्र खुम्बुमा भारी हिमपात भएको छ। शुक्रबार रातिबाट सुरु भएको हिमपात नरोकिँदा यहाँको जनजीवन कष्टकर बनेको छ।

चौंरीखर्कलगायत लुक्ला र जुभिङमा चार/पाँच इन्च हिमपात भएको छ। नाम्चे र खुम्जुङको ग्रीन भ्यालीमा एक फिटभन्दा बढी हिउँ परेको छ। खुम्जुङ गाविसको गोक्यो, ठाङनाक, जोङला, थुक्ला, दिङबुचे, छुकुङ, लबुचे र गोरक्सेपमा पाँच फिटभन्दा बढी हिउँ परेको गोक्योका पासाङरिञ्जि शेर्पाले बताए ।

हिमपातले वृद्धवृद्धा, बालबालिका र घरपालुवा जनावर समस्यामा परेका छन्। भारी हिमपातका कारण तेञ्जिङ हिलारी विमानस्थल लुक्लाको उडान समेत प्रभावित भएको छ।

धाराको पानीसमेत जमेका कारण खुम्जुङ गाविसको उच्च स्थानमा बसोबास गर्ने स्थानीयवासीलाई खानेपानीको थप समस्या भएको छ।

अहिले सदरमुकाम सल्लेरीमा पनि सिमसिम पानी परिरहेको छ। चिसाका कारण सदरमुकाम वरपरका स्थानीयवासी घर बाहिर निस्कन सकेका छैनन्। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com