“म झुक्दै नझुक्ने नेपालकी छोरी” कोलोराडोमा मीरा राणा

कोलोराडो फागुन २,

नीमकांत पाण्डे : कोलोराडोमा “म झुक्दै नझुक्ने नेपालकी छोरी” नातिबाबु भट्ट कोलोराडो प्रशिद्ध गायीका तथा स्वरकी धनी मीरा राणाको प्रमुख आतित्थ्यमा कोलोराडोमा “ सुगम संगीत सांझ ” सांगीतीक कार्यक्रम शनीवार सम्मन्न भयो । 

 ‘बनेको छ पहराले यो छाती मेरो बगेको छहरा रगतमा मेरो पखेरु मा जन्मे टाकुरामा खेल्ने म झुक्दै नझुक्ने नेपालकी छोर ी ’ज्यादै लोक प्रिय राष्ट्रिय गीतको शुरुवात संगै स्टेजमा देखा परेकी मीराले एक दर्जन भन्दा बढि गीतहरु श्रोता तथा दर्शक सामु पस्किएकी थिईन् । 

बा≈ बर्षको कलिलो उमेर देखिनै नेपाली संगीत आकाशमा उदाएकी मीरा राणाले मखमली चोली चाहीदैन, रेशमको साडी चाहीदैन, यो मात चढे कोको साांझमा जस्ता गीत गाएर ५० बसन्त पार गरिसक्दा समेत उस्तै जोस र जांगरका साथ दर्शकलाई नचाएकी थिइन् । २०२२ सालमा १२ बर्षको अल्धारे उमेरमा तारा देबीलाई हेर्ने तिब्र ईच्छाको साथ रेडीयो नेपालमा पहिलो पाईला टे केकी मीराले हाल सम्म १७ सय भन्दा बढी गीत गाएर रेडियो ने पानको भण्डार भर्न सफल भएकी छिन् । 


नेपाली लोक भाकाका गीतहरु गाएर श्रोताका मन जित्न सफल मीरा राणाले १४ बर्षको कलीलो उमेरमा २०२४ सालमा कलकत्तामा गएर नेपाली फिल्मको लागी रेकर्ड गराएकी यो मात चढेको साझमा आज सम्म पनि उत्तीकै लोक प्रिय रहेको छ मीराले आङ्खनो सांगीतीक यात्रामा नेवारी, मैथेली भोजपुरी लगायतका भाषामा पनि उत्तीककै गीतहरु रेर्कड गराएकी छिन् । बिश्वको जुनै कुनामा पुगेका भएपनि हामी नेपाली र्हाै हामी संग नेपाली रगत छ नेपाली रगत एक थोपा रहेसम्म नेपाल र नेपालीलाई आङ्खनो कर्णप्रिय कोकिल कण्ठ पस्किरहने उद्येश्य लिएकी मीरा बिगत ६ महिना देखी अमेरीकामा बस्दै आएकी छिन् । 


कोलोराडोको बोल्डर शहर स्थित हिमालय होटलमा आयोजित कार्यक्रममा यहा यहा रहेका नेपाली तथा नेपाली गीत संगीत प्र ती चासो राख्ने अमेरीकीहरुको उपस्थिती रहेको थियो झण्डै तीन घण्टा लामो कार्यक्रममा स्थानिय गायक तथा संगीतकारहरुको बाक्लो उपस्थिती रहेको थियो । बोल्डर ने पालका बिके श्रेष्टको स्वागत तथा नेपाली घरका अध्यक्ष नारायण श्रे ष्टको मन्तब्य पछि सुरु भएको सांगीतीक कार्यक्रममा नारायण गो पालले गाएका गीत तिम्रो जस्तो मुटु मेरो पनि गीत संगीतकार सुरेश चन्द्र पधान ले गाएका थिए भन,े गायक मनोज तुलाधरले घुम्तीमा नआउ है गीत उत्तीकै जोस र जागरका साथ प्रस्तुत गरे का थिए । 


कार्यक्रममा कलाकार बिजय अधिकारी, भरत कार्की लगाएतका गायकहरुले आÏनो कला र गला दर्शक सामु प्रस्तुत गरेका थिए । त्यसै गरी कार्यक्ममा सुरेन्द्र महर्जनले तबलामा तथा बांसुरीमा समीर महर्जनले गीतारमा बिजय अभिकारी तथा हार्माेनियममा सुरेशचन्द्र प्र धान साथ दिएका थिए । हिउं परेर बाहिरको बाताबरण चिसिइ रहेको समयमा पनि गायक तथा संगीतकारहरुले सांगीतीक माहोल मार्फत कोलोराडोको बो ल्डरलाई केही समय तताएका थिए । उमेरले बुढा हुन् वा बुढी , के बालक के यूवा यूवती सबै लाई नेपाली सांगीेतीक कार्यक्रम सुगम संगीत सांझले नचाएको थियो ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com