गजल : By, अभागी कान्छा "गाउँले"



सुन्छु म प्रति कसैको, झुकाब छ रे आज भोली !
म बिना उन्को जिबन, अभाब छ रे आज भोली !!

मेरै नाममा मायाले, प्रस्ताब गर्न आगनीमा
फुलाएका थरीथरी, गुलाब छ रे आज भोली !!

चोखो माया लत्याएर, प्रेम प्रस्ताब नस्विकारे
मेरै नाम लिई मर्ने, सुझाब छ रे आज भोली !!

दुख्दा पनि हाँस्नै पर्ने, यो अभागीको कस्तो भाग्य
म भन्दा नि उन्लाई धेरै, तनाब छ रे आज भोली !!

तिम्रै याद्मा बाचेकी छु, हात समाई साथ देउ
उन्को बिहे गरी दिने, दबाब छ रे आज भोली !!

अतित् सम्झी भन्दिनु ल, बाँच्ने आधार “गाउँले”को
दु:ख संग ज्यूँने साथी, सराब छ रे आज भोली !!

अभागी कान्छा "गाउँले"
तोपगाछी, झापा
हाल:- मईक्रोचिप कम्प्युटर एण्ड मार्केटिंग
दोहा - कतार

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com