काठमाडौं फागुन २,
काठमाडौं, नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा भारी वृद्धि गरेको छ ।
नीमकांत पाण्डे : फागुन १ गतेदेखि रातो र हरियो सिलिण्डरको व्यवस्था गर्ने घोषणा गरेको आयल निमगले ग्याँसको मुल्य बढाएर प्रति सिलिण्डर २१ सय रुपैयाँ बनाएको छ ।१ फागुन, काठमाडौं ।
लामो समयपछि नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मुल्यमा अहिलेसम्मकै सबैभन्दा बढी ६३० रुपैयाँ एकैपटक बढाएको छ ।
सर्वसाधारणलाई मार नपर्नेगरि ग्याँसको भाउ बढाएको दावि गरेको निगमले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै सिलिण्डर प्रयोजनमा ल्याएलगतै ग्याँसको भाउ बढाएको हो ।
घरायसी प्रयोजनका लागि रातो र व्यावसायिक प्रयोजनका लागि निलो रङको सिलिण्डर प्रयोग गर्नुपर्ने निर्णय गरे लगत्तै मंगलबार साँझ बसेको नियम सञ्चालक समितिको बैठकले खाना पकाउने ग्यासको मूल्यमा ६ सय ३० रुपैयाँ बढाउने निर्णय गरेको हो ।
मूल्यबृद्धिपछि व्यावसायिक प्रयोजनका लागि एक सिलिण्डर ग्यासको मूल्य अब २१ सय रुपैयाँ पर्ने छ । घरायसी प्रयोगकर्ताहरुले भने तत्काल प्रति सिलिण्डर २१ सय रुपैयाँनै तिर्नुपरेपछि ५ सय ५० रुपैयाँ दुई महिना भित्रमा बैंकबाट फिर्ता पाउने ब्यवस्था मिलाइएको निगमले बताएको छ ।
यसअघि ब्यापारीहरुको बिरोधकै कारण दुइै रंगका सिलिण्डर सार्वजनिक गर्न नसकेको निगमले लागु गरेको सिलिण्डर प्रयोग र बृद्धि मुल्य यथावत रहनेमा भने शंका छ । सरकार बिरुद्धको आन्दोलनमा निहु खोजेर बसिरहेका बिपक्षि दलहरुले सरकारको यो निर्णयलाई समेत राजनीतिक रंग दिएर मुद्दा बनाउने देखिन्छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै