आफ्नै छोरीको हत्या गरेको अभियोग पिता पक्राउ


महोत्तरी, फागुन ९-,

आफ्नै छोरीको हत्या गरेको अभियोग लागेका पितालाई प्रहरीले पक्राउ गरेको छ। गत मङ्सिर २८ गते महोत्तरी जिल्लाको बगडा गाविस-९ मयेपुरा बस्ने २७ वर्षीय जथुनी सदालाई आफ्नै नौ वर्षीया छोरी सन्तलाकुमारीलाई कुटपिट गरी हत्या गरी खेतमा फालेको अभियोगमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

छोरीले सामान किन्न पैसा माग्दा कुटपिट गरी हत्या गरेको अभियुक्त सदाले प्रहरीसामु बताएको प्रहरी उपरीक्षक पवनप्रसाद खरेलले जानकारी दिए। रासस :


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com