गजल : By, आरके थापा



प्रभास बाट चियाई हेर्दा , खुशिहरु जाग्यो ।।
ती दिन आज सोची ल्याउदा , अनौठो झै लाग्यो ।।

रमाई हिड्थे खोला नाला , आफ्नै गाउँ र पाखा,
किन मनले आज फेरी , तिनै रहर माग्यो ?

दाजु भाई साथी संगी , सबको याद आउँदा ,
प्रभासको यो दु:ख पिडा , अनयासै भाग्यो ।।

हरियाली बन पाखा , शुन्दर गाउँ नै सम्झी ,
आफ्नो गाउँको मायाँ त हो , हर्षले मन नाग्यो ।।

प्रभास बाट चियाई हेर्दा , खुशिहरु जाग्यो ।।
ती दिन आज सोची ल्याउदा , अनौठो पो लाग्यो ।।

आरके थापा बोच-दोलखा
हाल साउदी अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com