सुरुङ्गामा लुटेराले गोली प्रहार गरी रु आठ लाख लुटेका

भद्रपुर, फागुन १७,

पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाखण्डको सुरुङ्गामा लुटेराले एक व्यक्तिलाई गोली प्रहार गरी रु आठ लाख लुटेका छन्।

सुरुङ्गा-५ बस्ने ३५ वर्षीय अशोक पोखरेलको साथमा रहेको रकम सुरुङ्गा-२ स्थित उक्त राजमार्गमा बुधबार लुटिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ। उनी प्रभु मनिचेन्जरका कर्मचारी रहेको बुझिएको छ।

विर्तामोडबाट १० किमीको दूरीमा रहेको सुरुङ्गातर्फ मे४प ४१७१ नम्बरको मोटरसाइकलबाट आइरहेको क्रममा अर्को मोटरसाइकलमा पिछा गर्ने दुई लुटेरालेे जबर्जस्ती मोटरसाइकल रोकी उनको साथमा रहेको झोला खोस्ने क्रममा उनलाई पेटमा गोली प्रहार गरेको छ।

पेटमा गोली लागेकाले पोखरेलको अवस्था चिन्ताजनक रहेको छ। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। लुटेरा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com